जनकपुरधाम । संघीय सरकारमा जाने तर्खरमा रहेका जनता समाजवादी पार्टी सरकारमा गए पार्टी पुनः विभाजन हुने साे पार्टीका नेताहरूले संकेत गरेका छन ।
मन्त्री बन्न जसपा भित्र हानाथाप भइरहेकाे क्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले अहिलेकै अवस्थामा सरकारमा जाँदा पार्टी पुनः विभाजन दाबी गरेका छन ।
मन्त्री नपाए पार्टी छाेडन सक्ने विभिन्न समुहबाट धम्की आइरहेकाे कारण सरकारले अध्यादेश फिर्ता लिएपछि मात्रै जसपा सरकारमा सहभागी हुने बताए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेशका जसपा पुनः फुट्न सक्छ,’ उनले भने ।
मधेशवाणी रेडियो कार्यक्रममा कुराकानी गर्दै नेता यादवले भने, ‘दलसम्बन्धी विधेयकका कारण सरकार विस्तार हुन सकिरहेको छैन । यो विधेयकले सत्तादलहरुलाई अप्ठ्यारो पार्न सक्छ । त्यही भएर दल अध्यादेश फिर्ता नभएसम्म सरकारमा जानू उचित हुदैन ।
उनले भने, ‘यो अध्यादेश आउँदा हामीले पनि विरोध नै गरेका थियौं । त्यो विधेयकका कारण हाम्रो दल पनि फुट्यो र अहिले सरकारमा गयौं भने फेरि पनि फुट्न सक्छ ।’
उनले आफूहरुको इच्छाले राजनीतिक दलसम्बन्धी विधेयक नआएको पनि प्रष्ट्याए । ‘मन्त्री बनाइएन भने सांसदहरुले जे पनि गर्न सक्छन्’ उनले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !