जनकपुरधाम । भारतमा हुन लागेकाे ग्राम पञ्चायतकाे चुनावलाई दृष्टिगत गर्दै असाेज ११ गतेदेखि नेपाल भारत सीमानाका सिल हुने भएकाे छ ।
नेपाल भारतको सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ गर्ने उद्देश्यले नेपाल भारत सुरक्षा अधिकारिकाे बसेकाे संयुक्त बैठकबाट आगामी असाेज १३ गते अर्थात सेप्टेम्बर २९ तारिखदेखि हुने निर्वाचनका लागि यस्ताे निर्णय गरिएकाे हाे ।
भारत विहार राज्यको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतमा हुन लागेको चुनावलाई दृष्टिगत गर्दै भएको जनकपुरधाममा साेमवार बसेकाे बैठकमा चुनाव हुनु भन्दा ४८ घण्टा अगाडी नेपाल भारतको सीमा नाका शिल गर्ने दुवै देशका अधिकारीकाे सहमतिमा निर्णय गरिएकाे छ ।
विभिन्न ११ चरणमा हुने चुनावलाई निष्पक्ष, तटस्थ तथा धान्धलीरहित बनाउनका लागि नेपालवाट पूर्ण सहयोग हुने भारतीय सुरक्षाकर्मीले मांगेकाे सहयाेगमा नेपाली सुरक्षाकर्मिले भारतीय पक्षलाई नेपालबाट पुर्ण सहयाेग हुने विश्वास व्यक्त गरेका थिए ।
खास गरेर नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय क्षेत्रवाट नेपाल तर्फ लागु औषधीको ओसारपोसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरु लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई नेपाली अधिकारीहरूले भारतीय पक्षलाई ध्यानाकर्षण गराइएका धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्ताेलाले जानकारी दिएका छन ।
वैठकमा अवैध सामान ओसार पेसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सकारात्मक रहेको प्रजिअ बासतोलाले बताए । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीवाट हुदै आएको सहयोगको उच्च प्रशंसा समेत गरिएकाे उनले बताए ।
बैठकमा भारत बिहारकाे मधुबनी जिल्लासंग जाेडिएका धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, सशस्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारतका तर्फवाट बिहारका दरभंगाका डिभिजनल कमीसनर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डि एम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एस.एस.वि.का प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !