जनकपुरधाम, भदौ २७ गते । प्रदेश २ सरकारले सर्वसाधारणले मास्क प्रयाेगमा हेलचक्रयाई गर्न थालेपछि “नाे मास्क नाे सर्भिस अभियान चलाउने भएकाे छ ।
आईतवार मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट ब्यबस्थापन केन्द्रको बैठकबाट कोरोना माहामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत नो मास्क नो सर्भिस अभियान सञ्चालन गर्ने निर्णय गरिएकाे हाे ।
कोभिड १९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै सर्बसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थाले पछि प्रदेश सरकारले सरकारी कार्यालय हरुमा उक्त अभियान चलाउने निर्णय गरिएकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव हरिप्रसाद मैनालीले बताएका छन ।
उनका अनुसार याे अभियान संचालन भएपछि सार्वजनिक कार्यालयमा जाने सेवाग्राहीलाई अनिवार्य रूपमा मास्क लगाउनु पर्छ मास्क नलगाएका व्यक्तिलाई सेवा दिइने छैन ।
यसका साथै सरकार मास्क प्रयोगमा सर्बसाधारणलाई सचेत गराउन स्थानिय सञ्चारमाध्यमहरु मार्फत सुचना सन्देश प्रशारण/प्रकाशन गराउने निर्णय पनि गरेकाे ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न साे बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, समाजिक बिकास मन्त्री नवल साह, प्रमुख सचिब मैनाली सहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !