जनकपुरधाम, भदाै २० गते । प्रदेश २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालाई महिलासंग अभद्र व्यवहार गरेकाे भन्दै पदमुक्त गर्न माग गरिएको छ ।
आइतवार जनता समाजवादी पार्टी दलित मुक्ति महासंघ प्रदेश २ ले आफ्ना सचिव ललिता दाससंग उपाध्यक्ष बैठाले अभद्र व्यवहार गरेकाे भन्दै पदमुक्त गर्न मांग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
उपाध्यक्ष बैठाले जसपा प्रदेश समिति सदस्य समेत रहेकी ललिता दाससंग समाजिक संजाल फेसबुक मार्फत तथानाम अश्लिल गालीगलौज तथा अभद्र व्यवहार गरेकाे ६ महिनापछि बैठालाई कारवाहीकाे मांग गरिएकाे छ ।
उपाध्यक्ष बैठाले फेसबुकमा म्यासेज मार्फत बदनियतपूर्ण तरिकाले चैत ९ गतेका दिन दाससँग गलत सम्बन्धको प्रस्ताव राखेको र अस्विकार गर्दा गालीगलौजमा उत्रेको आरोप समेत लगाइएको छ ।
उपाध्यक्ष बैठाले गरेको दुव्र्यवहार निन्दनीय, आपत्तिजनक र पदीय मर्यादा विपरीत रहेको ठहर गर्दै महिलामाथि गालीगलौज गरी समाजमा विकृति फैलाउने तथा अनैतिक र अनुशासन विपरीतको कार्य गरी सरकारलाई पनि बदनाम गराउने दुस्साहस गरेकाले उनलाई अविलम्ब पदमुक्त गरी कानूनी कारवाही गर्न मांग गरिएकाे छ ।

घटनाकाे ६ महिनापछि यति ढिलाे किन कारवाहीकाे मांग गरिएकाे जिज्ञासामा अध्यक्ष विकास पासवानले भने केही दिन पार्टीकाे ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिइएकाे कारण प्रतिक्षामा थियाै तर प्रशासनले कुनै चासाे नलिएपछि बाध्य भएर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हाैं ।
पिडित दास र उपाध्यक्ष बैठा दुवै जसपाकै नेता रहेकाे कारण पार्टीमा गुनासाे गर्दा पनि हालसम्म कारवाही गर्न नसकिएकाे बुझिएकाे छ ।
दलितहरुका अगुवा एवं जसपा दलित मुक्ति महासंघका प्रदेश अध्यक्ष विकास पासवान, महोत्तरीका वैदेही पासवान र रौतहटका उदय नारायण रामले बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले घटना सम्बन्धमा बुझेर कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !