जनकपुरधाम, भदौ २० गते ।
जनता समाजवादी पार्टीलाई ठूलो झटका लागेको छ । उपेन्द्र यादव नेतृत्वको तात्कालिन समाजवादी पार्टीबाट सांसद प्रहलाद गिरी लोकतान्त्रिक समाजवादी पार्टीमा आएको दुईपछि जसपाका महेन्द्र राय यादव पक्षधर रानी शर्मा तिवारी पनि लोसपामै आएकी छिन ।
निर्वाचन आयोगले दल सनाखतका लागि दिएको अधिकारले गर्दा जसपालाई एकपछि अर्को झटका लाग्दै आएको छ । हुनत तात्कालिन राजपाका १० सांसद यादव नेतृत्वको जसपामा गएपछि ठाकुर नेतृत्वको लोसपा निराश भएका थिए । तर लोसपाका केन्द्रिय तहका नेताहरुको जनकपुर बसाईको क्रममा जसपाबाट सांसद तान्ने क्रम बढेको छ । प्रहलाद र तिवारीको लोसपामा आगमनपछि अन्य सांसदको पनि आउने सम्भावना बढेको छ ।
जनता समाजवादी पार्टीमै छु भन्दै आएकी प्रदेश २ की प्रदेश सांसद रानीशर्मा तिवारी आइतवार लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा निर्वाचन आयोगको प्रादेशिक कार्यालय जनकपुरधाममा आएर लोसपाको पक्षमा सनाखत गरेकी छिन । उनी संगै थप ३ जना सांसद उपेन्द्र महतो र अभिराम शर्मा समेतले जसपाबाट लोसपामा सनाखत गरेका छन ।
उपेन्द्र यादव नेतृत्वको जसपाका नेता महेन्द्र राय पक्षधर सांसद तिवारी यसअघि विभिन्न संचार माध्यममा आफू मूल पार्टी जसपामै रहेको अभिव्यक्ति दिएकी थिइन । लोसपाका नेताहरुको छलफल पश्चात उनी ठाकुर नेतृत्वको लोसपामा फर्केकी हुन ।
महेन्द्र राय यादव नेतृत्वको तात्किालिन तराई मधेश समाजवादी पार्टीका महिला उपाध्यक्ष रहेकी तिवारी ६ दलीय एकीकृत राजपाबाट रायको कोटाबाट टिकट पाएर महोत्तरी ३ (ख) बाट निर्वाचित भएकी थिइन । जसपामा विवाद उत्पन्न भएपछि राय उपेन्द्र यादवको पक्षमा लागेपछि तिवारी पनि उपेन्द्र यादवकै पक्षमा रहेकी थिइन ।
यो संगै लोसपाको पक्षमा सनाखत गर्नेहरूको संख्या १५ पुगेको छ । जितेन्द्र सोनल सनाखत गर्न बांकी रहेकोमा संख्या पुग्ने छ । तर यो संख्या अझै बढन सक्ने दाबी लोसपाको रहेको छ ।
लोसपाका नेता एवं प्रदेश सांसद सोनलले भने हाम्रो पक्षमा अहिलेसम्म १६ जना आएको छ । तर भदौ २२ गतेसम्म यो संख्या अझै बढने छ । उनले भने केही साथीहरू सम्पर्कमा हुनु हुन्छ छलफल भईरहेकोले संख्या बढने छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !