जनकपुरधाम, भदौ १६ गते । लोकतान्त्रिक समाजवादी पार्टी देशकै लोकतान्त्रिक वैकल्पिक शक्तिको रुपमा निर्माण हुने पुर्व मन्त्री जितेन्द्र सोनलले दाबी गरेका छन ।
बुधवार प्रदेश सांसदहरुलाई दल सनाखत गराउन निर्वाचन आयोगको प्रादेशिक कार्यालय पुगेका लोसपाका प्रदेश सांसद समेत रहेका नेता सोनलले शोषित, पीडित र उपेक्षित जनताको प्रतिनिधित्व गराउन लोसपा निर्माण गरिएको भने ।
जनता समाजवादी पार्टीबाट विभाजित भएपछि नेता कार्यकर्ता मात्र होइन जनतालाई समेतलाई दल रोज्ने अवसर आएको हुनाले वैद्यानिक रुपमा गठित लोसपामा आउनेहरुको लहर नै चलेकोले आगामी दिनमा हामी लोकतान्त्रिक वैकल्पिक शक्ति बन्ने छौं ।
उनले भने तराई मधेशमा कम्युनिष्ट र लोकतान्त्रिक भन्ने दुई रहेको छ । अहिले वर्तमान अवस्थामा शोषित, पीडित र उपेक्षित जनताको प्रतिनिधित्व लोकतान्त्रिक मूल्य मान्यताबाट गर्ने कि कम्युनिष्ट धार रोज्ने अवसर भएको हुनाले यो पार्टी देशमा वैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा स्थापित हुनेछ ।
उनले भने, जब जब लोकतन्त्र बलियो हुन्छ, तब तब मात्र अधिकारबाट वंचित निमुखाहरुको आवाज बुलन्द हुन्छ । तराई मधेशमा लोकतान्त्रिक मूल्य मान्यताका साथ आफ्ना आवाज, मुद्दा तथा मागहरुलाई अगाडि बढाउनका लागि एउटा परिपक्व राजनीतिक व्यक्तित्व महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी अघि बढेको हो ।
तराई मधेशमा एउटा लहरको रुपमा व्यापक रुपले स्थानीय स्तरमा दल रोज्ने हस्ताक्षर अभियान चलिरहेको बताउंदै उनले भने, ‘धेरै सांसदहरु हाम्रो सम्पर्कमा आईसक्नु भएको छ र आजदेखि प्रारम्भ भएको सनाखत प्रक्रिया २२ गतेसम्म चल्ने भएको हुनाले मूल पार्टी रहेको लोसपामा अधिकतम सांसद आउने छ र प्रदेशको मूल पार्टी बन्नेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !