जनकपुरधाम, भदौ १४ गते । सशस्त्र द्वन्दकाे डेढ दशक बितसकृकाे छ । तर वेपता परिवार आजसम्म गुमाएका आफन्त परिवार राज्य मांग्दै भाैतारिददै छन ।
वेपता परिवारहरूले वेपता पारिएका आफ्ना परिवारिक सदस्यकाे सास वा लास देउकाे मांग गरेका छन ।
साेमवार बेपत्ता दिवसको अवसरमा धनुषामा बेपत्ता परिवारले साँस वा लासको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउने क्रममा प्रमुख जिल्ला अधिकारी बास्तोला समक्ष पीडित परिवारले साँस वा लासको माग गरेका हुन् ।
उनीहरूले देशमा संघीयता आएसंगै बेपत्ताहरुको सम्बन्धमा तत्कालै छानविन हुने भनि विश्वास राखेको थियो । तर संघीयता आएकाे ५ वर्ष बितिसक्दा पनि राज्य पक्षले कुनै चासाे लएकाे छैन ।
वेपता परिवारका विरेन्द्र यादवले भने सशस्त्र संघर्ष अन्त्य भएकाे डेढ दशक बितिसके पनि राज्यद्वारा वेपता पारिएका आफन्तकाे खाेजी गर्न सकेकाे छैन । दबाव स्वरूप डेढ दशकदेखि नै राज्य पक्षलाई ज्ञापन पत्र बुझाउंदै आएका छाै तर कुनैपनि सता पक्षले चासाे लिएकाे छैन ।
उनले भने राज्य पक्षबाट आफुहरूले १० लाख रूपैया बाहेक केही पाएका छैनाै । हामीलाई रूपैया हाेइन राज्यले वेपता आफ्ना आफन्तकाे सास वा लास दिनुपर्छ ।
महोत्तरी सोनमा गाउँपालिका वडा नम्बर २ का वीरेन्द्र कुमार यादव माओवादी सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीको सर्लाही जिल्लाका एरिया एरिया कमिटी मेम्बर थिए ।
वीरेन्द्र माओवादीका तत्कालिन नेता भएपनि उनको परिवारबाट कोही सो संघर्षमा शामिल थिएनन् । उनलाई खोज्नका लागि नेपाली सेनाको टोलीले विं सं. २०६० साल कार्तिक २० गते वीरेन्द्रको घरबाट बुवा, काका, २ भाई सहित ७ जनालाई प्रहरी मार्फत पक्राउ गरेकाे थियाे ।
त्यो दिनदेखि अहिलेसम्म आफना आफन्तकाे न लाश पाएकाे न सास नै दुखेसाे सुनाउंदै उनले ‘यदी मृत्यु भइसकेको भए पनि लाश देखाइदिपनु¥यो । कमसेकम प्रचलन अनुसार काजकिरिया गरे मनलाई शान्ति त हुने थियो भने ।
उनीजस्तै बेपत्ता पारिएका जिल्लाका अधिकांश वेपता परिवारको अवस्था उस्तै छ । सशस्त्र द्वन्दको क्रममा धनुषाबाट ११ जना वेपता पारिएका थिए । जसमध्ये जनकपुरबाट वेपता पारिएका वर्षाैपछि शवका अस्थि भेटिएकाे थियाे ।
त्यस्तै प्रदेश २ का सप्तरीबाट २८, सिरहाका ३७, महोत्तरीका ११, सर्लाहीका १७, रौतहटका २०, बाराका १२ र पर्साका १७ गरी १४८ जना बेपत्ता पारिएका थिए ।
शान्ति सम्झौता पनि भएको लामो समय बितिसक्दा पनि आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था सार्वजनिक नहुनुले पीडा धनुषाकाे मिथिला नगरपालिका लालगढकी सिर्जना शाहीले सुनाउछिन ।
उनले भनिन्, के गराै म विधवा काे जीवन बिताउं कि सधवाकाे अलमल छु, यदि उहाँको हत्या भयो भने राज्यले भन दनु परयाे, यदि जिउँदै छ ल्याई दिनु परयाे ।
यस्तै अवस्था धनुषाको सबैला नगरपालिका २ का रोशन यादवको परिवारको छ । माओवादीको अखिल क्रान्तिकारीको युवा नेता रहेका १९ वर्षिय उनको दाई शम्भु यादवलाई २०५५ साल कार्तिक १९ गते पक्राउ गरेर लगेकाे थियाे आजसम्म उनकाे अज्ञातै छ ।
उनले भने देशमा संघीयता आएसंगै माओवादी सरकारमा आएपछि केही आश पलाएकाे थियाे । तर माओवादी पटक पटक सरकार गएपनि सतालिप्सामा लागेपछि अब त आश पनि मरिसकेकाे छ । माओवादीकाे सशस्त्र संघर्ष अधिकारकाे परिवर्तनका लागि नभई सता प्राप्तिकाे लागि रहेकाे प्रष्ट हसन्छ राेशनले भने ।
जनकपुरबाट वेपता पारिएका ५ जनाको परिवारले राष्ट्रिय मानव अधिकार आयाेगकाे पहलमा लाश त पायाे तर न्याय पाउन सकेकाे छैन ।
दश वर्षे शसस्त्र द्वन्दको समयमा बि.सं. २०६० असोज २१ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का संजिव कुमार कर्ण, सोही वडाका दुर्गेश लाभ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का जितेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिका २३का प्रमोद नारायण मण्डल र विदेह नपाका शैलेन्द्र यादव लगायतका केही व्यक्तिलाई जनकपुरधाम ४ स्थित कटैया चौरीबाट नेपाली सेनाले गिरफ्तार गरेको थियो ।
आयोगको पहलमा गोदारबाट ६ जनाको शव उत्खनन गरेर डिएनए परिक्षणका लागि फिनलेण्ड पठाइएको थियो । सो मध्ये ३ वटा फरेन्सीक ल्यावमा पठाइएको रिपोर्ट आयो पनि । तर नेपाल सरकारले रिपोर्ट सार्वजनिक नै गरेन ।
पिडित परिवारले न्याय त पाएन बरू वेपता पार्ने मुख्य याेजनाका तात्कालिन एसपी कुबेर सिह राणालाई माओवादीका डा. बाबुराम भट्टराई नेतृत्वकाे सरकारले उनलाई आईजिपी बनाई दियाे । याे घटनाले पिडित परिवारलाई झन पीडा थपि दिएकाे छ । साभार : ईकागज

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !