जनकपुरधाम। प्रदेश २ का नव नव नियुक्त अर्थ मन्त्री शैलेन्द्र साहले वित्तीय अनुशासन कायम गर्ने सहितका पांच प्रतिबद्धता जनाएका छन ।
साेमवार पदभार ग्रहण गर्दै मन्त्री साहले गर्नु मेरो पहिलो प्राथमिकता वित्तीय अनुशासन कायम गर्ने रहेकाे बताए ।
मन्त्री साहले भने दोस्रो कुरा अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब हुँदैन । त्वरित(शीघ्रातिशीघ्र) विनियोजित बजेट निकासा गर्नेछु ।
तेस्रो कुरा, कुनै पनि मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गरिनेछ भने चौथो कुरा, योजना कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
त्यस्तै मेरो पाँचौं कुरा प्रतिवधता मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकता दिइनेछ । कृषिमा आधारित अर्थतन्त्रको विकास गरिनेछ उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !