जनकपुरधाम, भदौ १० गते । छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।
जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीलाई पाँच वर्षीय साैतेनी छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा अदालतले विहीवार पूर्पक्षका लागि जेल सजायकाे फैसला सुनाएकाे हाे ।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा भने रिहा गरिएकाे छ ।
करीब दश महिनाअघि चन्द्रकिशाेरले जेठी पत्नी छँदाछँदै अर्को जातको कान्छी पत्नी रागनीलाई भित्र्याएपछि जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तानलाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएकी थिइन ।
साेही क्रममा गत साउन १४ गतेका दिन उनको जेठो छोरा पाँच वर्षीय रितेशलाई सौतेनी आमा रागनीले घाँटी थिचेर हत्या गरेको थियाे ।
सौतेनी आमा रागनीले बालक रितेशको घाँटी थिचेर हत्या गरेर घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमा रहेको अम्बाको रुख नजिकै रहेको पराल मुनि फ्यांकेकाे अवस्थामा प्रहरीले फेला पारेकाे थियाे ।
घटनापश्चात् आमा रागिनी र बुवा चन्द्रकिशाेर दुवै जना घरबाट फरार भएपनि घटनाकै दिन बुवालाई छेउकाे गाउंबाट र सौतेनी आमा रागिनीलाई धनुषा जिल्लाबाट पक्राउ गरी उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !