जनकपुरधाम । काेराेना कालमा जनतालाई खान लाउन धाै धाै परिरहेकाे बेला प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्रीले लाखाै रूपैया भ्रमण र बैठक भता कुम्ल्याएका छन ।
गत आर्थिक बर्ष २०७७/०७८ काे काेराेना कालमा जहाँ जनता खान लाउन पाएन यस्ता अवस्थामा साे मन्त्रालयका पुर्व मन्त्रीद्वय ज्ञानेन्द्र यादव र राज्यमन्त्री सराेजसिह कुशवाहाले बैठक र भ्रमण भता उठाएकाे हाे ।
मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सराेजसिह कुशवाहाले बैठक भत्तामा १२ लाख ६४ हजार, भ्रमण वापत २२ लाख १३ हजार र अन्य सुविधावापत ५३ लाख ८८ हजार रूपैया बुझेका छन ।

त्यस्तै मन्त्रीद्वयले तलब वापत १६ लाख ५८ हजार, पानी तथा विजुलीमा १ लाख ८८ हजार, सञ्चार महसुल २ लाख ८३ हजार, इन्धनमा १२ लाख ४० हजार, कार्यालय प्रयोजनका लागि इन्धन वापत ११ लाख ४४ हजार, सवारी साधन मरम्मतमा २४ लाख ९६ हजार र मसलन्द तथा कार्यालय सामग्रीमा २८ लाख ७० हजार रुपैयाँ मनोमानी रुपले खर्च गरिएको देखिएको छ ।
त्यस्तै, निजामती कर्मचारीको पोशाकमा समेत २ लाख ८० हजार रुपैयाँ खर्चिएको छ । समितिको बैठक भत्ता शीर्षकमा १ लाख ४३ हजार, मूल्याङकन समितिको बैठक भत्तामा १ लाख ७१ हजार, निजामति कर्मचारीले पाउने भत्तामा ८ लाख २८ हजार रूपैया खर्च गरिएकाे छ ।
तपत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन वापत १५ लाख रुपैयाँ खर्चिएको छ भने सेवा र परामर्श वापत ७ लाख ७९ हजार, विद्यार्थीहरुका लागि भित्ते पत्रिका सम्बन्धी गोष्ठीमा ४७ लाख ७८ हजार, क्यालेण्डर प्रकाशनमा ४ लाख ९८ हजार, दुव्र्यसनमुक्त युवा अभियानका लागि २९ लाख ५१ हजार, सुरक्षित बेटी अभियान शीर्षकमा १६ लाख ९७ हजार, विपद राहत सामग्री खरिदमा १३ लाख ४७ हजार, शान्तिका लागि खेलकुद कार्यक्रममा २९ लाख १७ हजार, शान्तिका लागि खेलाडीहरुको बन्द प्रशिक्षणमा १३ लाख ७ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।
विविध खर्च १९ लाख ९४ हजार, शान्ति सुरक्षा विशेष विविध खर्चमा २६ लाख ७० हजार गरी सो मन्त्रालयले कुल ११ करोड ९४ लाख ५३ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।
आर्थिक बर्ष २०७७/०७८ मा मन्त्रालयको कुल बजेट ३० करोड ७१ हजार रहेकोमा ११ करोड ९४ लाख ५३ हजार रुपैयाँ खर्च गरी १८ करोड ६ लाख १७ हजार बाँकी बजेट फ्रिज गराएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !