जनकपुरधाम । जनकपुरधामस्थित महावीर युवा कमिटीको यही भदौ १२ गते शनिबारका दिन हुन लागेको निर्वाचनमा भरत कुमार साह महासचिव पदका लागि चुनावी मैदानमा उत्रेका छन् ।
निर्वाचन हुन ३ दिन बाँकी रहेको समयमा महासचिव पदका ३ जना प्रत्यासी उम्मेदवारहरु जोडतोडका साथ प्रचारप्रसारमा व्यस्त देखिएका छन् ।
महासचिवका प्रत्यासीहरु भरत कुमार साह, चन्दन नागवंशी र दिपक कुमार साह (मिन्टु) छन् । तिनै जना अहिले आ–आफ्नो प्रचारप्रसारमा व्यस्त देखिएका हुन् ।
महासचिवका प्रत्यासी भरत कुमार साहले आफू महासचिवमा निर्वाचित भएपछि यहाँका युवाहरुको हकहितका लागि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले कमिटीको नेतृत्व तहमा पुगेर आफू यहाँका सम्पूर्ण युवाहरुको हकहितका लागि दिनरात मिहनेत गर्ने बताउँदै सबै मतदाताले आफूलाई साथ र सहयोग दिने विश्वास व्यक्त गरेका छन् ।
आफू निर्वाचित भए कमिटीलाई उचाईमा पुर्याउन कसैलाई काखापाखा नगरी सबैको साथ र सहयोग लिएर अघि बढने भरतको प्रतिबद्धता छ । बाल्यकालदेखि नै कमिटीका लागि काम गर्दै आएका भरत ८ वर्षपूर्व कमिटीको सदस्यता ग्रहण गरेका छन् । उनी दशैंका बेला खोइच संयोजक, रावन बध संयोजक, भब्य श्रृङ्गार संयोजक बनेर समेत यस कमिटीका लागि काम गरिसकेका छन् ।
महासचिवका उम्मेदवार भरत गणेश युवा कमिटीको सचिव, जनकपुर जेसिसको उपाध्यक्ष, गिरनारी युवा सेवा समितिको का.का सदस्यलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध भई सफलतापूर्वक भूमिका निर्वाह गरिसकेका छन् । आफ्नो कार्यकालमा राम्रो भूमिका निर्वाह गरेकै कारण मतदाताहरुकै विश्वासमा यस पटक महासचिवमा उम्मेदवारी दिएको भरतले बताए ।
जनकपुरधामस्थित महावीर युवा कमिटीमा ४ सय २८ जना सदस्यहरु आवद्ध रहेका छन् । निर्वाचनमा २६ जनाबिच प्रतिस्पर्धा हुन लागेको छ ।
यसैबिच, निर्वाचन समितिले बुधबार उम्मेदवारहरुलाई प्रशिक्षण समेत दिएको प्रमुख निर्वाचन आयूक्त शंकर साहले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !