जनकपुरधाम, भदौ ९ गते । प्रदेश २ सरकारका मन्त्रीहरु विलासी रहेको कुरा मन्त्रालयमा ८/८ वटा गाडी हुँदाहुँदै थप गाडी गाडी किन्न करोडौ रुपैया मांग गरेको कुराले प्रष्ट हुन्छ ।
प्रदेश सरकारका नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले मन्त्रालयलमा ८/८ वटा गाडी हुँदाहुँदै थप गाडी किन्न अर्थ मन्त्रालयसँग ३ करोड ७ लाख रुपैया मांग गरेको बुझिएको छ ।
मन्त्रालयमा रहेका ८ वटा गाडी मध्ये मन्त्री साह र राज्य मन्त्री रुबी कर्णलाई चढन दुई वटा सफारी, सचिवका लागि टोयोटाको रश, अन्य कर्मचारीको प्रयोगका लागि एउटा स्कार्पियो, एउटा टाटा सुमो र दुई वटा पिकअप भ्यान गरी ७ वटा गाडी छ । होण्डाईको भेन्यु भन्ने एउटा गाडी पुर्व राज्यमन्त्री सरोज सिंह कुशवाहा पदबाट हटेपछि लिएर गएका छन ।
अर्थमन्त्रालय श्रोतका अनुसार मन्त्रीले चढने गाडी सफारी दुई वर्षअघि नै किनिएको थियो । गाडी हुँदाहुँदै मन्त्री साहले थप ३ वटा गाडी किन्न ३ करोड ७ लाख रुपैया अर्थसँग मांग गरेको मन्त्रालयका प्रवक्ता अवधकिशाे कुशवाहाले बताएका छन ।

श्रोतले नाम उल्लेख नगर्ने शर्तमा भने आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट थप तीनवटा गाडी किन्नका लागि मन्त्री साहद्वारा रकम मांगको पत्र आएको छ । तर अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णय बेगर निकासा गर्न नसकिने भनेर सो फाइल अडकाएको राखेको छ । ती श्रोतका अनुसार गाडी मात्र होइन नयाँ मोबाइल किन्न २ लाख ५० हजार रुपैया समेत मांग गरिएको छ । जबकि मन्त्रालयमा यसअघिका मन्त्री ज्ञानेन्द्र यादवले बोक्दै आएका सिम सहितको मोबाइल छदैछ ।
यता मन्त्री साहसँग गाडी छदाँछदै नयाँ गाडी किन्नुपर्ने आवश्यकता के भन्ने जिज्ञासामा उनले गैर जिम्मेवारपुर्ण जवाफ दिदै भने हामी गाडी किन्ने हो वा होइन यो कुरा हामी सँग होइन मन्त्रालयको सम्बन्धित शाखासँग जवाफ माग्नुस ।
पछिल्लो महिना सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउन जसपाबाट ज्ञानेन्द्र यादवलाई मन्त्री पदबाट हटाएर साहलाई मन्त्रीमा नियुक्त गरिएको थियो । राज्यमन्त्री कुशवाहाको ठाउँमा माओवादीकै रुबी कर्णलाई नियुक्त गरिएको हो ।
प्रदेश सभा मामिला मन्त्रालय नलिनुको कारण यस्तो
माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा मामिला मन्त्रालय राखेको थियो । तर साहले सो मन्त्रालय मालदार मन्त्रालय नभएको कारण करीब एक महिनासम्म सरकारमा सहभागी भएन ।
मुख्यमन्त्री राउत नेतृत्वको रहेको वार्ता समितिसँग साहको कयौं पटक वार्ता भए । तर उनले एउटै अडानमा कायम रहे प्रदेश सभा मामिला मन्त्रालयमा गएर के गर्ने न त त्यहाँ कुनै काम न बजेट । अन्ततः मुख्यमन्त्री राउतले आफ्नै जसपा पार्टीका मन्त्री ज्ञानेन्द्र यादवलाई राजीनामा दिलाएर उनलाई आन्तरिक मामिला तथा संचार मन्त्रालय दिएका थिए ।
सर्वहाराको पार्टी रहेको भन्ने नारा दिइएको माओवादी अहिले सरकारमा गएपछि झन विलासी भएका छन । हिजोसम्म सरकारमा सहभागी नभएको बेला साहले मधेशीहरुको सरकार भ्रष्टाचारी र विलासी रहेको भनी आलोचना गर्ने गथ्र्यो । तर आज ती व्यक्ति नै सरकारमा सहभागी भएपछि मधेश केन्द्रित दलका मन्त्रीभन्दा पनि बढी विलासी हुन पुगेको भन्ने आलोचना हुन थालेको छ ।
साह मन्त्री भएको तीन साता बित्न लाग्दापनि अहिलेसम्म एउटा पनि कानूनको मस्यौदा तयार पारिएको छैन प्रदेश सभाको बैठक बस्न नसकेको कारण दर्जनभर कानून पारित नभई विचाराधिन अवस्थामा रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !