गाैर । राैतहटका पत्रकार माेजिबुल्लाहलाई प्रहरीद्वारा लागू अौषध काराेबारमा फंसाउने घटना प्रहरी उपरिक्षक शिद्धविक्रम शाहलाई हटाउने तयारी गरिएकाे छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहकाे घटनामा संलग्नता हुन आशंकामा छानबीनका लागि जिम्मेवारीबाट हटाउने तयारी गरेको हाे ।
गत साउन ३२ गते पत्रकार मोजुबुल्लाहलाई लागुऔष काराेबार आराेपमा सुनियाेजित तरिकाले पत्रकार महासंघ राैतहटका सह सचिव संजय सहनी याेजनामा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवँरका अनुसार घटनामा शाहको संलग्नताबारे छानविन गर्न उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो । जसको लागि छानबिन समिति समेत गठन भइसकेको छ ।
एसएसपी कृष्ण महतको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा कानुनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहेका छन् ।
सीसीटीभी फुटेजमा प्रहरीका कर्मचारीले नै लागुऔषध राखेको पाइएपछि एसपी शाह विरूद्ध छानबीन थालिएकाे हाे ।
हुनत घटनामा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई प्रहरीले निलम्बन गरिसकिएकाे छ भने जिल्लाको माधवनारायण नगरपालिका १ का २४ वर्षिय धिरज यादव र सर्लाही जिल्ला रामनगर गाउँपालिका १ बहुअर्वाका २३ वर्षिय जितेश कुमार यादवलाई पक्राउ गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !