जनकपुरधाम । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिको विरुद्ध राष्ट्रिय यूवा संघ नेपालका कार्यकर्ताहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन ।
मंगलवार विहान जनकपुरधामको शिव चोकमा संघका कार्यकर्ताहरुले टायर बालेर मुल्यवृद्धिको विरोध गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका नेतृत्वको सरकारविरुद्ध नाराबाजी गर्दै संघका कार्यकर्ताहरुले मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संघका जानी खानले कोभिड महामारीको बेला सरकारले जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाए दुख दिएको कारण बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर साढे ३ रुपैया र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ एवं ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।

पेट्रोलियम पदार्थका मूल्य वृद्धि भएसँगै पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेर १ हजार ४५० पुगेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !