जनकपुरधाम, भदौ ४ गते । कानून कार्यान्वय गर्ने निकायकै प्रतिनिधि नै लालची भएर राज्यको सेवा सुविधालाई दुरुपयोग गर्न थालेपछि प्रदेश र देशको अवस्था के होला कल्पना गर्न सकिन्छ ।
यस्तै अवस्था प्रदेश २ का एक पुर्व राज्यमन्त्रीले गरेका छन । उनी पदबाट हटेपछि राज्यबाट प्राप्त हुने सेवा सुविधा गाडी त गाडी कुर्सि समेत लिएर सम्पर्क विहिन भएका छन । उनको यो लालचीपनाको समाजिक संजालमा निकै चर्को आलोचना भइरहेको छ ।
प्रदेश नम्बर २ का पुर्व आन्तरिक मामिला तथा संचार राज्य मन्त्री सरोज सिंह कुशवाहाले पदमा रहँदा लिएका सेवा सुविधा मध्ये केही फिर्ता गरेको छ । उनी राज्यमन्त्री रहेको बेला कार्यालय तथा निवासमा प्रयोग गर्दै आएका सवारी साधन, एसी, कुर्सी र सिसिटीभी लगायतका सामाग्री लिएर गएका छन । पदबाट हटेको एक महिना बितिसक्दा पनि पटक पटक मौखिक ताकेतालाई बेवास्ता गरेपछि मन्त्रालयले उनलाई लिखित रुपमै ताकेता गरेका छन ।
मन्त्रालयका सचिव विरेन्द्र यादवले भने पदबाट हटेपछि उहांलाई नौतिकताको आधारमा सामान आफै फिर्ता गरि दिनु पथ्यो, उहांले फिर्ता नगरेपछि मौखिक तथा लिखित रूपमै ताकेता गरेका छौ, तर हालसम्म फिर्ता गरेको छैन ।
मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाका अनुसार पुर्व राज्यमन्त्री कुशवाहाले कार्यालय प्रयोजनका लागि प्रयोग गर्दै आएका झण्डा सहितको भेन्यु कम्पनीको प्र.२–०२–००१झ ००६२ नम्बरको चार पांग्रे, एउटा मोटरसाईकल, सिमसहितको मोबाईल, निवासमा प्रयोगका लिएका सिसिटभी ५ थान, एसी, सोफा, कम्प्युटर, ल्यापटप र २५ थान कुर्सी समेत लिएर सम्पर्क विहिन भएका छन ।
उनले भने शुरूमा हामीले कयौ पटक मौखिक रूपमा ताकेता गरयौ तर उहांले कुनै वास्ता नगरेपछि साउन १३ गतेका दिन लिखित रूपमा पत्राचार मार्फत सामाग्री लिस्ट ताकेता गरेका छौ अहिलेसम्म केही प्रतिक्रिया दिनु भएको छैन ।
प्रवक्ता कुशवाहाले भने मन्त्री जस्ता पदमा बसेका मान्छेलाई आफै सोच्नु पथ्यो, हामी कर्मचारी गर्न पनि के सक्छौ । प्रक्रियागत रूपमा कारवाहीका मुख्य सचिव तथा मुख्यमन्त्री कार्यालय सामान फिर्ता नगरेको भन्ने जानकारी पठाइसकेका छौ ।
यता पुर्वराज्य मन्त्री कुशवाहाले आफुले मन्त्री पदबाट हटे लगत्तै सबै समानहरु फिर्ता गरिसकेको भनी ढाटने खाजेपछि तपाई पत्राचार समेत गरिएको भन्ने प्रमाण छ भनेपछि उनले केही सामान बाँकी होला त्यो पनि पठाई दिनेछु ।
उनले भने मन्त्रालयलाई पत्र पठाएर कुन कुन सामान म संग छ भनेर पठाउन आग्रह गरेपछि पत्र पठाएको हुन सक्ने हो तर कसलाई कहिले पठाएको हो आफूलाई थाहा अहिले भीडभाडमा छु पछि कुरा गर्ने भनी कुरा गर्न चाहेन ।
जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रलाई प्रतिनिधित्व गराउनका लागि जसपाले साउन ६ गतेका दिन दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो । आन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्र यादव र सोही मन्त्रालयका राज्यमन्त्री कुशवाहालाई मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिन लगाएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !