जनकपुरधाम, भदाै २ गते । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको पहिलाे बैठक विभिन्न ९ बुंदे निर्णय गर्दै सम्पन्न भएकाे ट ।
भदाै १ र २ गते बसेकाे बैठकमा राजनितिक प्रतिवेदन, नियमावली र संगठन सुदृढिकरण तथा जनजागरण अभियान निर्देशिका पारित सहित विभिन्न निर्यहरू गरिएकाे छ ।
यस्ता छन निर्णयहरू :
१) वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पारित ।
२) जनता समाजवादी पार्टी, नेपालको नियमावली पारित ।
३) संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) निर्देशिका पारित ।
४) प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने ।
- प्रदेश नम्बर १, स्थान बिराटनगर, मिति भाद्र ९ गते
- प्रदेश नम्बर २, स्थान जनकपुर, मिति भाद्र ११ गते
- वाग्मती र गैर भौगोलिक प्रदेश, स्थान काठमाडौ, मिति भाद्र ९ गते
- गण्डकी प्रदेश, स्थान पोखरा, मिति भाद्र १५ गते
- लुम्बिनी प्रदेश, स्थान भैरहवा, मिति भाद्र १३ गते
- कर्णाली प्रदेश, स्थान सुर्खेत, मिति भाद्र १७ गते
- सूप प्रदेश, स्थान धनगढी, मिति भाद्र ११ गते
५) १४ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित
६) जसपा, नेपाल विद्यमान सरकारमा सम्मानजनक ढंगले सहभागी हुने निर्णय ।
७)सुज अभियान सञ्चालनका लागि वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा रेणु कुमारी यादव, गंगानारायण श्रेष्ठ, रामसहाय प्रसाद यादव, डम्बर खतिवडा, प्रकाश अधिकारी, रमेश यादव र एक सदस्य पछि थप्ने गरि ८ सदस्यीय सचिवालय गठन ।
८) केन्द्रीय समितिप्रति उत्तरदायी रहने गरि केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णयहरू अनुमोदन
९) प्रेमकृष्ण पाठकलाई क्रान्तियोद्धाको रुपमा सम्मान गर्ने निर्णय ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !