जनकपुरधाम, भदाै १ गते । प्रहरी जिल्ला प्रशासन कार्यालय धनुषा अगाडिबाट तीन जना विचाैलियालाई पक्राउ गरेका छन ।
लामो समयदेखी लकडाउनको कारण बन्द रहेका सार्वजनिक सेवा प्रवाह सुचारु भएसँगै सरकारी कार्यालय बाहिर बिचौलियाले सेवाग्राहीलाई दुख र हैरानी गर्ने गरेको भन्ने जन गुनासो आएपछि ती विचाैलियाहरूलाई पक्राउ गरिएकाे धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जनाएकाे छ ।
पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उप महानगरपालिका वडा नं.४ का ३६ वर्षिय गुड्डु पुर्वे, वडा नं.१० का ५० वर्षिय बिजय कुमार साह, वडा नं.१ का ३५ वर्षिय बिजय मण्डल रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केही व्यक्तिहरुकाे समुहले सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटो छरितो काम गराई दिन्छु भनि प्रभावमा पारेर रकम ठग्दै भन्ने जनगुनासाे आएपछि विचाैलियाहरूलाई पक्राउ गरिएकाे एसपी रानाभाटले बताए ।
उनले भने जनगुनासाे हुना साथ प्रहरी टोली खटी गई गोप्य रुपमा बुझ्दै जाँदा सेवाग्राहीहरुलाई जिल्ला प्रशासन कार्यालयको गेट अगाडी भेला जम्मा गरी छिटो छरितो काम गराई दिने भन्दै रकम माग गर्दे रहेको अवस्थामा तिनै जनालाई पक्राउ गरिएको छ ।
प्रहरीको टोलीले तपाईहरुले के–कसरी छिटो छरितो कार्य गराई दिनु हुन्छ भनि सोधपुछ गर्दा निजहरुले वास्तविक नबताई डिउटीमा रहेको प्रहरी टोलीलाई एक्काशी गाली गलौज हातपात गरी डिउटीमा बाधा अवरोध समेत सृजना समेत गरेका थिए ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक रानाभाट बताएका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !