जनकपुरधाम, साउन ३१ । जनकपुरधाममा सुविधा सम्पन्न रेष्टुरेन्ट र आवास सहितकाे होटेल संचालनमा आएकाे छ ।
प्रदेश २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरधाममा सुविधा सम्पन्न होटेलको अभाव रहेको समय आइतवार देखि थप एउटा होटेल सञ्चालनमा आएको हो ।
जनकपुरधामको रामानन्द चोक र बाह्रविघाको बिचमा रहेको कृष्णा होस्पिटलको सामुनेमा होटल ग्रीन पैलेश एण्ड गेष्ट हाउस सञ्चालनमा आएको हो ।
तरुण दलका धनुषा उपाध्यक्ष राकेश विक्रम साहले एक समाराेहका बीच साे हाेटलकाे समुदघाटन गरेका हुन ।
हाेटलकाे समुदघाटन गर्दै साहले भने पर्यटकीय नगरी यश जनकपुरधाममा पर्यटक तथा स्थानीयलाई सुलभ दरमा ग्रीन पैलेश गुणस्तरीय उपलब्ध गराउनेमा आफू विस्वस्त छु ।
जनकपुर अन्य हाेटलभन्दा गुणस्तरीय सेवा र सस्ताे दरमा खानादेखि आवाससम्मकाे सेवा उपलब्ध गराउने हाेटलका संचालक विशाल रायले बताएका छन ।
उनले जनकपुरधाममा होटेलको अभाव रहेको समय आफुहरु यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरिय सेवा दिने बताए ।
जनकपुरधाममा केहि वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएपछि पर्यटकको संख्यामा वृद्धि भएको हो । यद्यपी कोरोनाको कारण यहाँ आउने पर्यटकको संख्यामा कमी आएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !