जनकपुरधाम, साउन २९ गते । मैथिली भाषा बारे विवादस्पद अभिव्यक्ति दिएका प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहलाई तथ्य सहित बाेल्न चुनाैती दिएका छन ।
उनले दिएको विवादित अभिव्यक्तिप्रति आपति जनाउंदै विभिन्न संघ संस्थाहरुले मुख्यमन्त्री लालबाबु राउतले ध्यानाकर्षन पत्र बुझाएको छ ।
केही दिन अघि एक कार्यक्रममा मन्त्री साहले मैथिली भाषा खास जातिको भाषा मात्र रहेको भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आपति जनाउंदै जनकपुरधाम स्थित मैथिली भाषाको लागि अभियान चलाउंदै आएका करीब आधा दर्जनभन्दा बढी संघ संस्थाहरुले ध्यानाकर्षन पत्र बुझाएका हुन् ।
मन्त्री साहले प्रदेश २ मा सबैभन्दा बढी बोलिने भाषा मगही रहेको दाबी गर्दै मैथिली भाषा ब्राम्हण र कायस्थ समुदायका २ प्रतिशत व्यक्तिको भाषा मात्र रहेको समेत भनेका थिए ।
मन्त्री साहको अभिव्यक्तिको भत्र्सना गर्दै मैथिली अनुयायी तथा अभियानी संघ संस्थाहरुले उनले भनेका कुरालाई तथ्य सहित प्रमाणित गर्न ध्यानाकर्षन पत्र मार्फत चुनौती समेत दिएका छन । तिनीहरुले तथ्य सहित प्रमाणित गर्न नसके मन्त्री साहले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी मांग्नुपर्न मांग गरेका छन ।
मुख्यमन्त्री राउतलाई बुझाइएको ध्यानाकर्षन पत्रमा जनगणनाको आधिकारिक दस्तावेज अनुसार देशैभरिमा सबैभन्दा बढी बोलिने भाषाको दोश्रो स्थानमा रहेको छ ती तथ्यांकलाई नजरअन्दाज गर्दै मन्त्री साहले मैथिली भाषाप्रति तथ्यहीन, कपोलकल्पित तथा गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत हो तथ्य सहित प्रमाणित गर्न नसके माफी मांग्नुपर्ने भनिएको छ ।
ध्यानाकर्षनपत्र बुझ्दै मुख्यमन्त्री राउतले मैथिली भाषाबारे मन्त्री साहले दिएको अभिव्यक्ति उनको निजी धारणा हुनसक्ने भन्दै सरकारको अधिकारिक अभिव्यक्ति नरहेको बताएका थिए ।
राउतले प्रदेशको कामकाजी भाषा निर्धारण गर्न ढिलाई भईरहेको स्वीकार्दै त्यसबारे अब चाँडै निर्णय गर्ने बताउंदै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि समेत चाँडै प्रक्रिया अगाडि बढाउने आश्वासन समेत दिए ।
मन्त्री साहको अभिव्यक्तिप्रति आपति जनाउंदै ध्यानाकर्षन पत्र बुझाउनेहरुमा स्थानीय गणेश युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लब, मैथिली विकास कोष, मिथिला नाट्यकला परिषद, मैथिली साहित्यकार सभा, मिथिला राज्य संघर्ष समिति सहितका संघ संस्थाहरु रहेका छन ।




















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !