जनकपुरधाम, साउन २९ गते । धनुषा प्रहरीले विद्यालयको कम्प्यूटर चोरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
गत साउन १८ गते जिल्लाकाे बटेश्वर गाउँपालिका २ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप, ३० थान कम्प्यूटर, १÷१ प्रिन्टर र प्रोजेक्टर चोरी भएको थियो ।
चोरी भएको सो कम्प्युटर सोही गाउँपालिकाको वडा नम्बर–४ का प्रमोद महतोको घरबाट जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका संयुक्त प्रहरी टोलीले छापामारी गरी बिहीबार साँझ फेला परेको पारेको थियो ।
विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरबाट फेला जिप्रका धनुषाका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेले जनाएको छ । उनका अनुसार कम्प्यूटर चोरी आरोपमा प्रहरीले अनुसन्धानको क्रममा महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतोलाई पक्राउ गरेको छ ।
फेला परेको कम्प्युटरसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको उनले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !