जनकपुरधाम, साउन ५ गते । प्रदेश २ का भौतिक पुर्वाधार बिकास मन्त्री रामसरोज यादवले बाढीबाट डुबानमा परेकाे धनुषाको पुर्वी क्षेत्रको निरिक्षण गरेका छन् ।
मन्त्री यादवले बिगत केही दिनदेखि भईरहेको अविरल बर्षाका कारण आएको बाढीबाट डुबानमा परेका धनुषाको पुर्वी क्षेत्रको मंगलबार निरिक्षण गरेका हुन् ।
मन्त्री यादवले मन्त्रालयको प्राबिधिक टोली सहित निरिक्षण गरि अविलम्ब नदी नियन्त्रण गर्नका लागी काम सुरु गर्न निर्देशन दिएका छन् । उनले डुबान परेका पीडित परिवारहरुलाई आवश्यक सहयोगका लागि पहल गर्ने समेत प्रतिबद्धता समेत व्यक्त गरे ।
सबैला नगरपालिका वडा नम्बर–१३ स्थित किरतपुर गाउँ सीताघाट नजिक कमला नदीमा आएको बाढिले करिव १ सय मिटर कटान गरि व्यापक क्षति पुर्याएको छ ।
त्यस्तै हंसपुर नगरपालिका–५ सुगानिकासको बिच भएर बग्ने अमारी नदीमा आएको बाढीले चन्दर सादा, टेमा सादा, मोने सादा, बिषुनिया सादा र हरि सादाको घर बगाएको छ भने नदि नियन्त्रणमा नआए करिब एक दर्जन घर समेत बगाउने खतरा रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !