जनकपुरधाम, श्रावण १ गते । प्रदेश २ सरकार नेतृत्वकर्ता जनता समाजवादी पार्टीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाएर माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन लागेकाे छ ।
जसपाले आफ्ना पार्टीका आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र यादवलाई राजिनामा दिलाएर आन्तरिक सहमति अनुसार माओवादीबाट भरत प्रसाद साहलाई मन्त्री बनाउन लागेकाे हाे ।
विगत केही दिनदेखि मन्त्री यादवले पार्टी निर्णय विपरित कार्य र विभिन्न नियुक्त तथा याेजना वितरण गर्दै आएकाे कारण पार्टीले मन्त्रालयहरू खाली छदाछदै उनलाई हटाउने निर्णय गरेकाे हाे । कानून, न्याय तथा प्रदेश सभा मामिला र वाणिज्य, आपुर्ति तथा विज्ञान प्रविधि सहितका दुई/दुई वटा मन्त्रालय खाली रहेपनि मन्त्री यादवलाई पार्टी हकहित विपरित कार्य गरेकाे कारण हटाउन लागिएकाे हाे ।
पार्टी श्राेतका अनुसार विगत केही देखि मन्त्री यादव विवादित बन्दै आएका पार्टीकाे निर्णयलाई बेवास्ता गर्दै विभिन्न नियुक्तिमा मनपरी गर्दै आएका कारण पार्टी नेता कार्यकर्ता असन्तुष्ट रहेका थिए ।
ती श्राेतका अनुसार मन्त्री यादवले पार्टी बाहेकका व्यक्तिलाई सल्लाहकार, प्रदेश घुमुवा सुरक्षा दस्ता र मिडिया काउन्सीलमा पार्टी भित्र कुनै छलफल नै नगरी नियुक्ति गरेकाे कारण पार्टी भित्रै चर्काे आलाेचना हुँदै आएकाे राजीनामा दिलाउने निर्णय गरिएकाे हाे ।
पत्रपत्रिकाका लागि छुटयाइएकाे लाेककल्याणकारी विज्ञापन र पत्रकारहरूका लागि रहेकाे लेखनवृति विकासकाे रकम मध्ये ८ वटै जिल्लामा भिते पत्रकारिता तालिमकाे नाममा व्यक्ति विशेष मार्फत मन्त्री यादवले एकल निर्णय गर्दै खर्च निकै आलाेचित भएकाे थियाे ।
मन्त्री यादवले व्यक्तिगत स्वार्थका कारण गरेकाे कार्यले समाजिक सञ्जालमा समेतमा निकै आलाेचना हुँदै गएपछि उनकाे क्रियाकलापले पार्टीमा असर पर्दै गएकाे भनी मुख्यमन्त्री लालबाबु राउतकाे सिफारिसमा पार्टी नेतृत्वकर्ताले उनलाई हटाउने निर्णय गरेकाे श्राेतले जनाएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !