जनकपुरधाम, असार ३१ गते । एक महिलालाई पटक पटक बलात्कार गरेकाे आराेपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।
काठमाणडौँ कलंकीबाट असार २७ गते विहान बुटवल जाने भनि रूकुम जिल्ला घर भएकी १९ वर्षिय एक महिलालाई ट्रक चालकहरूले गणतव्य स्थल पुरयाइ दिने भनी पटक पटक बलात्कार गरेकाे आराेपमा तिनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पर्सा प्रहरीका अनुसार ती महिला आफ्ना २ बर्षीय छोरा सहित ना.५ ख २८७० नम्बरको ट्रकमा चढी यात्रा गरेकोमा उक्त ट्रकका चालक जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका २१ बस्ने सुनिल महत्तोले चितवन रामनगर सम्म ल्याइ जबरजस्ती करणी गरेकाे ।

त्यसपछि उनले ती महिलालाई समेत गरी २९ गते दिउँसो १ बजे अर्को ना.६ ख ३३६९ नम्बरको ट्रक चढाइ पठाइ दिएको र त्यसपछि उक्त ट्रकका चालक जिल्ला पर्सा पोखरिया नगरपालिका ६ बस्ने बर्ष २५ को शिववालक महत्तोले वुटवल जाने भनि वीरगञ्ज तर्फ ल्याइ आफूले, सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक बलत्कार गरियाे ।
घटना पश्चात् असार ३० गते ५ बजे वीरगञ्ज महागरपालिका १७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी हिंडेकोमा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उद्धार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र पीडितसंगको सोधपुछबाट घटना बारे रहस्य खुलेकाे प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताए ।
पिडीत महिलाकाे बयानकाे आधारमा निज चालक सुनिल महत्तो र शिववालक महत्तोलाई गाडी सहित पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएकाे र बाँकी दुई जनाको खोजी कार्य भइरहेको उनले बताए ।
पक्राउ परेका विरूद्द जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको पर्सा प्रहरीले जनाएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !