जनकपुरधाम, असार ३१ गते । सप्तरी प्रहरीले चालू आर्थिक वर्ष ०७७/७८ मा १ हजार भन्दा बढी फरार अभियुक्त पक्राउ गरेकाे छ ।
अदालतबाट फैसला भई फरार रहेकाहरुलाई फौसला कार्यान्वयन गराउने क्रममा १ हजार १ सय ४९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले एक विज्ञप्ति जारी गरी पक्राउ परेकाहरुबाट १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुपैया राजश्व असुल गरिएको र तिनीहरुबाट २ सय ४२ वर्ष ५ दिन कैद भूक्तान गराइने जनाएकाे छ ।

प्रवक्ता काफ्लेका अनुसार फैज्दारी मुद्दाका २ सय १ जना र देवानी मुद्दाका ९ सय ४८ जना अदालतबाट सजाय पाएर फरार भएका थिए ।
यस्तै चालु आर्थिक वर्षको १२ महिनामा भन्सार छलि गरेर ल्याएको ३ करोड १७ लाख ५९ हजार १ सय ७६ मुल्य बराबरको अबैध किराना, लत्ताकपडाहरु, सवारी साधन, मदिराजन्य, बिधुतिय सामाग्री लगायतका सामानहरु बरामद गरिएको प्रवक्ता काफ्लेले बताए ।
उक्त तस्करीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरी कारवाही समेत गरिएको उनले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !