जनकपुरधाम । उद्घाटनकाे १५ दिनपछि मिथिला नगरपालिकाकाे ८ अौ नगर सभा शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति विकासमा जाेड दिदै सम्पन्न भएकाे छ ।
समापन कार्यक्रमलाई सम्बाेधन गर्दै नगरपालिकाका मेयर हरिनारायण महताेले विकास निर्माणकाे काम निरन्तर चलि रहने प्रक्रिया हाे तर आवश्यकता र प्राथमिकता आधारमा कार्य गर्दा विकास सम्भव हुन सक्ने भने ।
शैक्षिक, सांस्कृतिक,कृषिक्षेत्र, स्वास्थक्षेत्र विकासलाई पहिलाे प्राथमिकतामा राखे मात्रै सबैकाे समग्र विकास गर्न सक्षम हन्छ मान्यताका साथ आफुले अहिलेसम्म कार्य गर्दै आएकाे उनले भने ।
उनले आफ्नाे चार वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य र संस्कृतिमा जाेड दिई नगरवासीकाे आवश्यकता अनुसार अन्य विकास गर्दै आएकाे भने ।
शैक्षिक विकास तर्फ नगरपालिका भित्रका १४ वटा निमाविमा विद्यार्थीहरूकाे प्राविधिक शिक्षा र अनलाईन कक्षा संचालनका लागि कम्प्युटर जडान गरिएकाे जानकारी कलेज संचालनकाे लागि महेन्द्र मावि स्विकृतिकाे प्रयास भइरहेकाे र त्यसका आर्थिक उपार्जनका लागि विद्यालयकै नाममा मार्केट निर्माण भइ महिनाकाे २ लाख रूपैया भाडाबाट आउने जानकारी ।

स्वास्थतर्फ विभिन्न वडामा स्वास्थ्य केन्द्र, ढल्केवर स्थित हेल्थ पाेस्टकाे स्तराेन्नति, ट्रमा सेन्टरकाे कार्य अघि बढाइएकाे र थप अस्पतालकाे निर्माण प्रक्रिया बढाइएकाे जानकारी समेत उनले दिए । यसका साथै भुमिहिन सुकुम्बासीलाई उनीहरूले बस्द आएकाे जग्गाकाे लालपुर्जा दिने कार्यपनि अघि बढाइएकाे भन्दै उनले यसै वर्ष आफ्नै कार्यकालमा सबैकाे हातहातमा लालपुर्जा दिलाएरै छाडने प्रतिबद्धता उनले जनाए ।
आफ्नाे चार वर्षे कार्यकालमा कृषकहरूलाई कृषि यन्त्र, वडा नं. १० र ११ मा सिचाईका बाेर्डिग जडान, डियुप ट्युबेल वितरण लगायका कार्यका साथै संस्कृति तर्फ प दमार र सागर पाेखरीकाे साैन्दर्यकरण गरिएकाे उनले बताए ।
मिथिला नगरपालिकाले आगामी आर्थिक वर्ष-२०७८-७९ काे लागि ६४ कराेडबाट संशाेधन गर्दै ८० कराेड पुरयाएर सर्वसम्मतिबाट पारित गराएकाे छ ।

नगरपालिकाका लागि राम्राे काम गरे र कुशलतापुर्वक आफ्नाे कार्य गर्दै आएका दुई जना कर्मचारीलाई कदर पत्रले सम्मान गरिएकाे छ । सम्मानित हुने सुपरभाइजर विनाेद कुमार राय र नासु आन्नद अधिकारीलाई मेयर महताेले कदर पत्रले सम्मान गरेका हुन ।
साे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोल, मिनपा प्रवक्ता दीपकजङ्ग थापा, वार्ड अध्यक्ष बिहारी महतो सहित कार्यपालिका सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !