जनकपुरधाम । पांच दिवसीय गोष्ठी भनी प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सञ्चालन गरेको भित्ते पत्रिकारिता सम्बन्धि तालिमको हरहिसाब माग गरिएको छ ।
मन्त्रालयले धनुषाको हारसरस्थित जीवन केन्द्र र महोत्तरीको बर्दिबासमा भित्ते पत्रिका सम्बन्धि ५ दिवसीय तालिम केही व्यक्तिको समन्वयमा संचालन गरेको थियो ।
कार्यक्रमबारे समाजिक सञ्चालमा विभिन्न खाले टिक्काटिप्पणी भइरहेका बेला युवाहरुको एक समूहले सञ्चार मन्त्रालयमै पुगेर बिहीबार सूचनाको हक प्रयोग गर्दै हरहिसाब मांग सहितको निवेदन दर्ता गराएका हुन् ।

सिरहाका गुरुशरण सिंह (आभाष), महोत्तरीका अशोक कुमार यादव, सिरहाका शत्रुधन यादव र धनुषाका कुलदिप साहले दर्ता गराएको निवेदनमा कार्यक्रम कस्तो र के सम्बन्धि थियो भन्ने प्रष्ट गरिदिन आग्रहसहित कार्यक्रमको जम्मा बजेट र शिर्षकगत रुपमा खर्च विवरणको प्रमाणित प्रतिलिपी माग गरिएको छ ।
निवेदन दर्ता गराएपछि सूचना अधिकारीले साउन पहिलो साताभित्र विवरण उपलब्ध गराइदिने आश्वासन दिएको युवा आभाषले बताए । कार्यक्रम सञ्चालनको कुरा बाहिर आएलगत्तै असार मसान्तको अन्तिम समयमा कार्यक्रम सञ्चालन गरेर अनियमितता गर्न खोजिएको आवाज उठ्दै आएको छ ।
भित्ते पत्रकारिता सम्बन्धित तालिम बालबालिकालाई दिइन्छ । तर, यो तालिममा भने बालबालिकालाई प्राथमिकता नदिएको देखिएपछि चौतर्फी रुपमा आलोचना भइरहेकोे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !