काठमाडौ । अर्थ मन्त्रालयले बजेट पास नगरी खर्च गर्न नपाइने प्रावधानबारे स्थानीय तहहरुलाई सचेत गराएको छ ।
मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बजेट पास नगरेका स्थानीय तहलाई पत्र लेख्दै समयमै बजेट पेश गरी पास गर्न भनेको छ । बजेट पास गरेपछि मात्र खर्च गर्न अर्थले सचेत गराएको हो ।

यसको विवरण स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न समेत अर्थले स्थानीय तहहरुसँग आग्रह गरेको छ । नेपालमा संघीय बजेट १५ जेठमा आउने प्रावधान छ ।
यसका आधारमा प्रदेश सरकारहरुले १ असारमा बजेट ल्याउँछन् । स्थानीय तहले भने १० असारमा बजेट ल्याउनु पर्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणाली अनुसार अझै २ सय ८९ स्थानीय तहको बजेट आउन बाँकी रहेको देखिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !