सर्लाही, असार २० गते । लामाे देखि बिरामी रहेका सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ।
मधुमेह तथा बिपिको समस्या बाट अध्यक्ष बर्माकाे शनिबार राति काठमाडौंमा उपचारका क्रममा उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिएकी छिन ।
करीब १०/१५ दिन पहिला राम्रो थियो र बिचमा एक्कासी अध्यक्ष बर्माको स्वास्थ्यमा समस्या आएको निमित प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिए ।
अन्दाजी ६७ वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। ब्लड प्रेसर बढेपछि नाक र मुख बाट बल्ड पनि आएको थियो।
अध्यक्ष बर्मा सिकिस्त भएपछि आइसियुमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि गए राति नै उपचारका क्रममा शनिबार राति १२ बजेर ५ मिनेटमा अध्यक्ष बर्माको मृत्यु भएको रामनगर गाउँपालिकाका अधिकृत यादवले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बर्माको निधन भएपछि अहिले गाउँपालिका नै शोकमा डुबेको छ । अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने उपाध्यक्ष नितुदेवी यादवले जनाएको छ ।
रामनगर गाउँपालिका वडा नम्बर १ निवासी बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !