जनकपुरधाम, असार ११ गते । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि धनुषाका ५ स्थानीय तहले सम्पन्न नगर सभाबाट बजेट ल्याउन सकेकाे छैन ।
निर्धारित असार १० गते भित्र नगर सभा सम्पन्न गरि नीति तथा कार्यक्रम पारित र बजेट ल्याइ सक्नु पर्नेमा तयारी अपुग भएकाे भन्दै सभाबाट नीति तथा कार्यक्रम पारित गराएपनि बजेट ल्याउन सकेन ।
जिल्लाका कुल १८ स्थानीय तह मध्ये एक उपमहानगरपालिका गरि ८ वटा नगरपालिका र ४ वटा गाउंपालिकाले मात्र बजेट ल्याउन सफल भएका छन ।
बांकी तीनवटा नगरपालिका र दुई गाउंपालिकाले तयारी नपुगेकाे भन्दै बजेट ल्याउन सकेन ।

प्राप्त जानकारी अनुसार जिल्लाकाे गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिकाले बजेट नसकेकाे हाे ।
शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले भने हामीले नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरिसकेका छाै, तयारी अपुग भएकाे कारण बजेट ल्याउन सकिएन । तर चांडै नै सबै वर्गलाई समेटिने गरि बजेट ल्याउने तयारी भइरहेकाे छ ।
त्यस्तै गणेशमान नगरपालिकाका मेयर रामबाबु यादव र जनकनन्दनी गाउंपालिकाका अध्यक्ष अब्दुल वारिख शेषले पनि तयारी अपुग भएकाे भन्दै नगर सभाबाट बजेट ल्याउन नसकिएकाे बताएका छन ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेका स्थानीय तहहरुकाे विवरण :
१) जनकपुरधाम उपमहानगरपालिका–१ अर्ब ५३ करोड ८७ लाख ६१ हजार
२) मिथिला नगरपालिका–६५ करोड १८ लाख ५० हजार २३० रुपैयाँ २० पैसा
३) हंसपुर नगरपालिका–६२ करोड ८० लाख ५६ हजार
४) क्षीरेश्वरनाथ नगरपालिका–६१ करोड २४ लाख ६१ हजार
५) धनुषाधाम नगरपालिका–५६ करोड ५१ हजार
६) सबैला नगरपालिका–६३ करोड ५२ लाख ५० हजार
७) नगराईन नगरपालिका–४७ करोड १९ लाख
८) विदेह नगरपालिका– ५९ करोड
९) मिथिला बिहारी नगरपालिका–५० करोड ५५ लाख ५५ हजार
१०) औरही गाउँपालिका–३८ करोड १९ लाख ५० हजार
११) लक्ष्मीनिया गाउँपालिका–३० करोड ३० हजार
१२) मुखियापट्टी मुसहरनिया गाउँपालिका–४६ करोड ३५ लाख ३८ हजार ६८२
१३) बटेश्वर गाउँपालिका– ३६ करोड १५ लाख ५० हजार

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !