जलेश्वर, असार ११ गते । मटिहानी नगरपालिकाका कर्मचारीहरूले आफ्नाे सहकर्मीलाई हातपात गर्नेलाई पक्राउ गरि कारवाही गर्न मांग गरेका छन ।
मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्मासहित ६५ जना कर्मचारीहरुले कर्मचारीमाथि हातपात गर्ने एमाले नेता राजकिशाेर मण्डललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दर्ता गराएका छन ।
नेकपा एमालेका मटिहानी जिल्ला सदस्य नेता मण्डलले नगरपालिकामा कार्यरत कर्मचारी एम्बुलेन्स चालक राकेश कुमार राणलाई बिहिबार दिउँसो हातपात गरेको आराेप कर्मचारीहरूकाे रहेकाे छ ।
नेता मण्डल लगायत उनको समूहलाई कारवाही गर्न माँग गर्दै कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी समेत कर्मचारीहरूले दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शर्माले कर्मचारीहरुको शान्तिसुरक्षा र दाेषाहरूलाई कारवाहीकाे मांग गर्दै उजुरी सहितका मांगपत्र बुझाएका छन ।
उजुरी र माग निवेदन बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारीले तत्कालै जिल्ला प्रहरी कार्यालयको नाममा तोक आदेश गरे कारवाही प्रक्रिया अगाडी बढाउनुको साथै शान्ति सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकाे बताइएकाे छ ।
बुधवार कोरोना महामारीको कारण सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कम सहभागितामा नगरपालिकाले गरेको सातौ नगरसभामा आफुहरुलाई नबोलाएको भन्दै नेकपा, काँग्रेससहितका विभिन्न ५ दल समर्थित नेताहरुले नगरपालिकामा तालावन्दी गरेका थिए ।
कार्यालयमा लगाइएकाे साे ताला बिहीवार सेवाग्राहीहरुले फोडेर कार्यालय सञ्चालन गर्न लगाएकाे बेला एमाले नेता मण्डल लगायतका समुहले कार्यालय किन संचालन गरेकाे भनी कर्मचारीहरुलाई जथाभावी गालीगलौच हातपात गर्न थालेकाे पिडीत कर्मचारी एम्बुलेन्स चालक राणले बताए ।

उनले मटिहानी नगरपालिकामा नेकपाका राजकिशोर मण्डललगायतका नेताहरु पटक पटक यसरी नै नगरपालिकाको काम अवरोध गर्ने, कर्मचारीहरुलाई कुटपिट र दुव्र्यवहार गर्दै आइरहेको बताउदैं यसपटक कानूननी उपचार नभए कर्मचारीहरुको मनोवल खस्ने र कामकाज गर्न वातावरण नरहेने बताए ।
यसैबीच, कर्मचारीहरुले नेतालाई कारवाहीको माँग गरेपछि नेताहरुलाई वचाउको लागि शुक्रबारदेखि नगरपालिकाको मुलगेटमा तालाबन्दि गरेका राजनीतिक दल समर्थित नेता कार्यकर्ताले रिले अनसन थालेका छन ।
उता शुक्रबार मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डलका समर्थकहरुले पनि मेयर हरि प्रसाद मण्डल जिन्दावाद , विकास विरोधी मुर्दावाद , जनतालाई गुमराह गर्न पाईदैन ,जनताको काम रोक्न पाईदैन , दलाल नेता चाहिँदैन लगायतको चर्का नारावाजी गर्दै जुलुस प्रर्दशन गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !