जनकपुरधाम, असार ११ गते । धनुषामा अंश विवादको कारण एक व्यक्तिले आफ्नै बुवाकाे हत्या गरेका छन ।
धनुषाधाम नगरपालिका–१ काशिपुर का ७० वर्षीय विशो यादवलाई अंशका लागि उनकाे आफ्नै छोराले हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
केही दिनदेखि बुवा विशाे र कान्छा छोरा श्री किशुन यादवबीच अंश बण्डाको विषयमा विवाद हुँदै आएको थियाे । साेही क्रममा गएराति करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार गरि किशुनले आफ्ना बुवा बिशोको हत्या गरेकाे धनुषाका एसपी प्रकाश रानाभाटले जनाएकाे छ ।

उनका अनुसार मृतक विशोको टाउकोमा करिब दुई इन्च घाउ बनाइ दिइएको छ । मृतककाे घाँटी समेत थिचिएको छ ।
धनुषाका एसपी रानाभाटले घटनामा संलग्न रहेको आराेपमा श्रीकृष्ण यादवलाई प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको छ ।
आराेपितले अपराध समेत स्वीकार गरिसकेको एसपी रानाभाटले बताए । मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
मृतक यादवका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !