जनकपुरधाम, असार १० गते । धनुषाको विदेह नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५९ करोड रुपैया बजेट विनियोजन गरेको छ ।
मंगलवार तिनकौरिया चोक स्थित नगरपालिकाको कार्यालयमा आयोजित पांचौ नगर सभाबाट कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभार, आत्म निर्भर सुन्दर र समृद्ध विदेहको मूल नाराका साथ सो बजेट सार्वजनिक गरिएको छ ।
नगर सभामा बोल्दै मेयर बेचन दासले बजेटमाविकास निर्माणमा बढी जोड दिइएको भन्दै पुर्वाधार, कृषि, सिँचाई र स्थानीय बजारलाई जोड दिएको हो । यस्तै अगामी बजेटमा बस्तीबाट वडा केन्द्र जोड्ने सडक, वडाबाट केन्द्र जोड्ने अधुरा सडकहरूलाई विशेष प्राथमिकता दिइएको छ ।
मेयर दासले बजेटमा केन्द्रबाट प्राप्त हुने समानिकरण अनुदान, सशर्त, सन्पूरक अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड राजस्व बाँडफाँड र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण, सशर्त, समपूरक, सवारीसाधन कर, राजश्व बांडफांड, आन्तरिक राजश्वलाई समेटेर सो अनुमानित बजेट सार्वजनिक गरेका हुन ।
चालु खर्चको तुलनामा विकास खर्च सन्तोषजनक भएको मेयर दासले दाबी गर्दै लक्ष्यको तुलनामा खर्च कम हुनुमा कोभिड १९ को कारण भएको बन्दाबन्दी, केन्द्र तथा प्रदेश बाट प्राप्त हुने अनुदानको निकासा समयमा प्राप्त नहुनु, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालनमा अन्यौलता रहेको भने ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादवले हाल कोरोना महामारीको अवस्था व्याप्त रहेकोले स्वास्थ्य क्षेत्रलाई दृष्टिगत गर्दै सबै पालिकाले बजेट विनियोजन गर्नुपर्ने बताए ।
कार्यक्रम विथोल्न केही विपक्षी समूहले प्रयास गर्दा सफल हुन सकेन । कार्यक्रम विथोल्न नगरपालिका कार्यालय घेराउ गर्न पुगेकाहरुलाई प्रहरीले अवरोध गर्दै त्यहाँबाट हटाएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !