जनकपुरधाम, असार १० गते । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि धनुषा जिल्लाको मिथिला नगरपालिकाले बजेट ६५ करोड १८ लाख ५० हजार २ सय ३० रुपैया २० पैसाको अनुमानित बजेट विनियोजन गरेको छ ।
“सफा सुन्दर र सम्वृद्ध शहर हाम्रो मिथिला नगर” भन्ने मुल नाराका साथ दिर्घकालिन लक्ष्य शिक्षा र स्वास्थ्यमा सुदृढता कृषिमा आत्मनिर्भता रहेको जानकारी गराउँदै आ.व. २०७८÷०७९ को लागि नीती कार्यक्रम तथा बजेट तर्जुमा गर्दा अबलम्वन गरिएका पद्धति र आधारहरु उक्त बजेट प्रस्तुत प्रस्तुत गरिएको हो ।
कोभिड १९ लगायत भविष्यमा आउन सक्ने अन्य प्रकोप, विपद व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकार सँग सहकार्यमा आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था मिलाउदै क्षमताको विकास, जनस्वास्थ्यमा आई परेका चुनौतिलाई सामना गर्न स्वास्थ्य सेवालाई सुदृढ सबलीकरण गर्न नगरपालिकाले आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम तर्जुमाले लिएका प्राथमिकतामा राखेका छन ।
चाल आ.व.मा सडक ढलान, बाटो मर्मत, नाला निमार्ण तथा सडक सम्बन्धि अन्य मर्मत गरी जम्मा ७१ ओटा आयोजना संचालन भएको । डिप ट्युवेल, पोखरी मर्मत लगायत १४३ ओटा आयोजना संचालन, मठ मन्दिर गुम्वा तथा सांस्कृतिक सम्पादा तर्फ २९ ओटा, सामुदायिक भवन लगायत ३९ ओटा, चौतारा, खेल मैदान लगायत तर्फ १७ ओटा, सरसफाई, शौचालय तर्फ ११ ओटा गरी जम्मा ३३० ओटा वडा स्तरिय र नगर स्तरिय योजना संचालन गरिएको छ ।
मिथिला नगरपालिकाका नगर प्रमुख हरि नरायण महतोको अध्यक्षतामा आयोजित नगरसभामा प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, वडासदस्य र लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
आगामी आ.ब.को निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गर्दा ट्रमा सेन्टर ढल्केवरमा हुनुपर्ने माग राख्दै चरणबद्ध रुपमा दवावमुलक कार्यक्रम राख्दै आइरहेको विभिन्न पार्टी, ढल्केवरबासी लगायत करिब डेढ दुईसयको संख्यामा विभिन्न प्लेकार्ड लिएका व्यक्तिहरु नाराबाजी गर्दै कार्यक्रम स्थाल पुगेको थियो ।
आफनो माग राख्दै आएका व्यक्तिहरु र सुरक्षामा खटेका सुरक्षाकर्मी विच केही वेर घम्सा घम्सीपनि भएको थियो । करिब ३ घण्टा चर्को नराबाजी पस्चात ट्रार्मा सेन्टरको माग राख्दै आएका आक्रोशित व्यक्तिहरु ढल्केवर पुर्वपश्चिम रार्जमार्ग १० मिनेट अवरुध गर्दै कोणसभामा परिणत भएको नेपाली कागे्रसका नेता बुधेस्वर महतोले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !