Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर महतोको चुनौती : सक्छौं भने कांध काँध थापेर विकासको काम गरौं, नत्र जनताले लखेटछ


मेयर महतोको चुनौती : सक्छौं भने कांध काँध थापेर विकासको काम गरौं, नत्र जनताले लखेटछ

जनकपुरधाम, असार १० गते । विकासको काम प्रतिवाद नगर्न भन्दै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले सक्छौं भने विकासको काममा काँध काँध मिलाएर अघि बढौं नभए जनताले लखेटला विरोधी समूहलाई चुनौती दिएका छन ।

बिहीवार नगरपालिकाको ढल्केवर स्थित शनि मन्दिरमा आयोजित आठौं नगरसभालाई सम्बोधन गर्दै मेयर महतोले लालगढमा ट्रमा सेन्टर निर्माण हुन लागिएको भन्दै विरोध गर्ने विपक्षीहरुलाई राजनीतिक दलका प्रतिनिधिहरुलाई यस्तो चुनौती दिएका हन ।

नगर सभालाई सम्बोधन गर्दै मेयर महतोले भने चाहना हाम्रो पनि ढल्केवरमै ट्रमा निर्माण होस भन्ने रहेको छ तर प्राविधिक समस्या र जग्गा आभावले गर्दा बाध्यतावश लालगढको बौवा होटल नजिक सिफारिस गर्नु परेको हो । उनले भने गाविस अध्यक्ष भएको बेला मैले नै २० वर्षअघि २०५८ सालमा साबिकको ढल्केवर वडा नम्बर २ र हालको वडा नम्बर ७ मा ट्रमा सेन्टर निर्माणका लागि सिफारिस गरेको थियो ।

ढल्केवरमै ट्रमा सेन्टर निर्माणका लागि उछलकुद गरेर विरोध गर्ने विपक्षीहरु ट्रमा सेन्टरभन्दा पनि आफ्नो राजनीतिक प्रतिशोध साध्नका लागि विकासको काममा अवरोध गर्दै प्रतिवाद गर्दै आएको आरोप उनले लगाए ।

मेयर महतोले भने आज जुन राजनीतिक दलका प्रतिनिधिहरुले ढल्केवरमै ट्रमा सेन्टर हुनुपर्ने मांग गरी अनावश्यक प्रतिवाद गरिरहेका छन । हिजोको दिनमा त्यही राजनीतिक दलका साथीहरुले ट्रमा सेन्टरका लागि छुटयाइएको ४ विग्घा जग्गामा मुना सर्राफलाई उद्योग संचालनका राजनीतिक संयन्त्रबाट सिफारिस गरेका हुन । आज ती जग्गा गुमेको जिम्मेवार को म कि ती राजनीतिक दलका प्रतिनिधिहरु प्रति प्रश्न उनले गरे ।

ट्रमा सेन्टर निर्माणको लागि भएको अवरोध बारे जानकारी दिदै उनले भने आफूले सिफारिस गरेको १५ वर्षपछि २०७४ मा पुनः जनप्रतिनिधिमा नियुक्त भएपछि पहल गरे । त्यसको प्रतिफल आगामी वर्षको बजेटमा राष्ट्रिय गौरवको आयोजना स्वरुप संघीय सरकारले ट्रमा सेन्टरका लागि बजेट छुटयाएको हो । यस अवधिमा ट्रमा सेन्टर निर्माणको पहल लागि कयौंवटा समिति बन्यो तर सकेन ।

मेयर महतोले भने करीब दुइ वर्षदेखि आफू निरन्तर प्रयास गर्दै मिथिला नगरपालिकाका ४ वटा जग्गा मध्ये प्राविधिक टीमलाई नगरपालिका वडा नम्बर ६ मा रहेका एक विद्यालयको जग्गा, मिथिला नगरपालिका वडा नम्बर १ पुष्पवलपुर स्थित बल्डारामा रहेको जग्गामा पनि ट्रमा सेन्टर बनाउन स्थानीय अनिच्छुक देखिएपछि वडा नम्बर १० लालगढ स्थित बौवा होेटेल नजिक जग्गा देखाएपछि शहरी विकास कार्यालयका प्राविधिक टोलीले स्वीकृति जनाएका छन तर त्यो जग्गापनि सिफारिस मात्र गरिएको हो अहिलेसम्म निश्चित भएको छैन ।

उनले भने हाम्रो पनि चाहना हो ढल्केवरमै बनोस । तर राजमार्गसँग जोगिएका नगरपालिकाको एलानी ३ विग्घाभन्दा बढी जग्गाको आभाव भएपछि बौवा होटल नजिक भनेका छौं । यदि विरोध गर्ने वा अन्य कोही दाता व्यक्ति कसैले ढल्केवरमा राजमार्गसँग नजिकै ३ विग्घाभन्दा बढी एलानी आवश्यक जग्गा दिए भने त्यही जग्गा हामी सिफारिस गर्नेछौं ।

उनले भने ट्रमा सेन्टर निर्माण नगरपालिकाले होइन संघीय सरकारले बनाउने हो हामी त समन्वयकर्ता मात्र हौं । यदि यस्तै प्रतिवाद र विरोध भइरहे भने अन्तै लग्यो भने ढल्केवारवासीलाई झन घाटा हुनेछ । ३ सय किलोमीटर भन्दा दूरीको यात्रा तय गरेर काठमाडौ, धरान र विराटनगर लगायतका ठाउँमा उपचार गराउन जान्छन तर यही नगरपालिकामा ४ किलोमीटर पर गई दिएको खण्डमा के आफत हुने हो ।

हाल ट्रमा सेन्टर निर्माण गर्ने विरोधी साथीहरुले भन्दै आएको जग्गा राजमार्गबाट टाढा भएको कारण अस्वीकृत भइसकेको अवस्थामा त्यहाँ सुविधा सम्पन्न १५ बेडको अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको छ । भवनका लागि मात्रै १८ करोड रुपैया बजेट छुटयाइएको छ । चाँडै टेण्डर प्रक्रिया अघि बढाएर काम शुरुवात गर्नेछौं । ढल्केवरमा अस्पताल र लालगढमा ट्रमा सेन्टर भएपछि यहाँका जनता मात्र होइन अन्य पालिका र जिल्लावासीका लागि सहज हुनेछ ।

ट्रमा सेन्टर ढल्कवेर होस वा लालगढ आखिर सम्पति त यही नगरपालिकाका नै हो । यदि यहाँबाट गई दियो भने त्यसको जिम्मेवारी विरोध गर्ने ती राजनीतिक दलका साथीहरुलाई लिनुपर्छ । केही दिनपछि निर्वाचन आउंदैछ, विरोधी तत्वलाई जनताले लखेटनेछ ।

मेयर महतोले ट्रमा सेन्टरको विरोध गर्नेहरु विकास विरोधी हुन । हामीमाथि भ्रष्टाचारीको आरोप लगाइदैछ, यदि म विकास विरोधी वा भ्रष्टाचारी हो भने जनताले पटक पटक नै विश्वास गरेर किन जिताउंदै आएका छन प्रतिप्रश्न उनले गरे । विरोध गर्ने साथीहरुलाई विकासको काममा अवरोध होइन काँधमा काँध थापेर अघि बढौं । नभए भोलीको आउने चुनावमा विगतभन्दा पनि दुरावास्था उनीहरुको आउनेछ ।

वर्षौदेखि प्रतिरक्षारत धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गर्नका लागि बजेट छुट्याएको छ । यदि चाँडै हामीले जग्गा उपलब्ध गराएनौ भने ती ट्रमा सेन्टर अर्कै जिल्लामा लगिनेछ । कथम कदाचित ट्रमा सेन्टर यहाँबाट गई दियो भने सबैंको लागि दुखदायी हुनेछ र यसको दायित्व विकासका विरोधी राजनीतिक दलका साथीहरुलाई लिनुपर्ने उनले भने ।

साथै मेयर महतोले ढल्केवर स्थित महेन्द्र उच्च माविमा नगरपालिकाद्वारा दिइएको २० वटा कम्प्यूटर नेपाली कांग्रेसकै नेताका छोराद्वारा जलाएर नष्ट पारिएको चर्चा गर्दै तिनीहरुलाई कारवाही कसले गर्ने ट्रमा सेन्टरको विरोध गर्नेहरुको दायित्व होइन ।

नेपाली कांग्रेस, जसपा लगायतका राजनीतिक दलका प्रतिनिधिहरु सम्मलित ट्रमा सेन्टर बचाउ संघर्ष समितिले आयोजित नगरसभालाई विथोल्न प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेपछि तिनीहरु फर्केर गएपछि सफलतापुर्वक नगर सभा सम्पन्न भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ असार १०, बिहीबार २३:३५
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ असार १०, बिहीबार २३:३५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ असार १०, बिहीबार २३:३५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ असार १०, बिहीबार २३:३५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ असार १०, बिहीबार २३:३५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ असार १०, बिहीबार २३:३५

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव