जनकपुरधाम, असार ९ गते । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि क्षीरेश्वरनाथ नगरपालिकाले ६१ करोड २४ लाख ६१ हजारको अनुमानित बजेट ल्याएकाे छ ।
बुधवार महेन्द्रनगरमा आयोजित आठौं नगर सभामा नगर प्रमुख योगेन्द्र पजियारले ०७८/०७९ को साे बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा कृषि, सिँचाई र स्थानीय बजारलाई बढी जोड दिएको हो । यस्तै अगामी बजेटमा बस्तीबाट वडा केन्द्र जोड्ने सडक, वडाबाट केन्द्र जोड्ने अधुरा सडकहरूलाई विशेष प्राथमिकता दिइएकाे छ ।
मेयर पजियारले बजेटमा केन्द्रबाट प्राप्त हुने समानिकरण अनुदान, सशर्त, सन्पूरक अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड राजस्व बाँडफाँड र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण, सशर्त, समपूरक, सवारीसाधन कर, राजश्व बांडफांड, आन्तरिक राजश्वलाई समेटेर सो अनुमानित बजेट सार्वजनिक गरेका हुन ।
नगर सभामा बोल्दै मेयर पजियारले चालु आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र तथा आन्तरिक स्रोतबाट करिब ६७ करोड २७ लाख ५१ हजार प्राप्त भएको र सो मध्ये नगर क्षेत्रको विकासका लागि हालसम्म ३२ करोड ६५ लाख १० हजार खर्च भएको जानकारी गराए ।
नगरमा नगर यातायात गुरु योजना निर्माण गरी लगानी सुनिश्चित गरिने, नेपाल सरकारकाले समन्वयमा अति विपन्न परिवारको लागि छानो फेर्ने कार्यक्रम सञ्चालन गरिने बताए ।
चालु खर्चको तुलनामा विकास खर्च सन्तोषजनक भएको मेयर पजियारले दाबी गर्दै लक्ष्यको तुलनामा खर्च कम हुनुमा कोभिड १९ को कारण भएको बन्दाबन्दी, केन्द्र तथा प्रदेश बाट प्राप्त हुने अनुदानको निकासा समयमा प्राप्त नहुनु, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालनमा अन्यौलता रहेकाे मेयर पजियारले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !