जनकपुरधाम, असार ७ गते । पछिल्लो २४ घण्टामा देशभरिमा २ हजार २ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६ सय ४० तथा एन्टिजेन विधिबाट २७ हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९ सय २८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।
हाल नेपालमा ५३ हजार ९ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३ सय ४ जना होम आइसोलेसनमा, ३ हजार ६ सय ३६ जना संस्थागत आइसोलेसनमा, ८ सय ११ जना आईसीयू तथा २ सय ३७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७ सय ७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !