जनकपुरधाम, असार २ गते । बढदै गएको कोभिड १९ संक्रमणको उपचारका लागि अत्यावश्यक पर्ने आक्सीजन प्लान्ट जनकपुरधाममा आजदेखि संचालनमा आएको छ ।
छोटो अवधिमै निजीस्तरमा जनकपुरधाम २३ लादो बेलामा खोलिएको सो आक्सीजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्दै शुभारम्भ गरेको छ ।
प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना माहामारीसँग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्चालकलाई धन्यवाद दिँदै जनकपुर क्षेत्रमा अब अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे ।

आक्सीजन आभावमा जनकपुर सहित धनुषा जिल्लामा कयौं बिरामीको मृत्यु भइसके पछि सुनिल साहले आफ्नो एसआरजे ग्रुपबाट निजी स्तरमा आक्सीजन प्लान्ट स्थापना गरेका छन ।
करीब ७ करोडको लागतमा निर्मित सो आक्सीजन प्लान्टबाट दैनिक साढे ४ सय सिलिण्डर आक्सीजन ग्यास उत्पादन हुने बताइएको छ । धनुषामा एसआरजे ग्यास उद्योग सहित दुईवटा आक्सीजनको उद्योग भएको छ । यसअघि ढल्केवर ग्यास उद्योग संचालनमा रहेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !