जनकपुरधाम, जेठ २८ गते । पछिल्लो केही समय यता कोरोना संक्रमितहरुको उपचारमा निजि अस्पतालहरुले मनोमानी शुल्क लिईरहेको आरोप लाग्दै आईरहेको छ । यही आरोप जनकपुरधामको प्रतिष्ठित निजि अस्पताहरुमध्ये काव्या होस्पीटलमाथि समेत लाग्दै आएको छ ।
अस्पतालले निर्धारित शुल्कभन्दा बढी उपचार खर्च लिएको, कोरोना संक्रमित विरामीहरुको उपचारमा लापरवाही गरेको, संक्रमितहरु संगै अन्य बिरामीलाई समेत राखिएको, उपचारपछि बिल उपलब्ध नगराएको लगायतका आरोप लाग्दै आएको आरोप बारे काव्या अस्पतालले मुख खालेका छन ।
शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी होस्पीटलका संचालक चिकित्सक डा. सुधाँसु सिंह (एसके सिंह) डिसीसीएमसीले तोकेको प्याकेज अनुसार नै दररेटमा कोभिड बिरामीलाई निर्धारित सेवाहरु उपलब्ध गराउंदै आएको बताए ।
तर केही दिन यतादेखि सामाजिक सञ्जाल तथा मिडिया मार्फत काव्या होस्पीटलले कोभिड बिरामीसँग बढी रकम लिई लुटने गरेको, उपचारमा लापरवाही र बिल नदिने गरेको लगायतका आरोपहरु लगाएर होस्पीटललाई बदनाम गर्ने खोजेको भन्दै काम गर्ने मनोबल नगिराउन सम्बन्धित पक्षसँग उनले आग्रह गरे ।
उनले कोभिडका उपचार गराए बढी रकम लिएको भन्ने आरोप लगाएकाहरु मध्ये केही व्यक्तिको रकम भुक्तानीको बिल भरपाई र उपचार रिपोर्ट सार्वजनिक गर्दै तिनीहरुसँग होस्पीटलले तोकिएको मापदण्ड भित्रै रकम लिएको र चिनजानको आधारमा छुट समेत गरेको प्रष्टयाए । नेपाल सरकारले तोकिएको कोभिड अस्पताललाई दिने गरेको साढे १५ हजार रुपैयाभन्दा ५० प्रतिशतबढी लिन नपाउने मापदण्ड अनुसार डीसीसीएमसीको निर्णयबाट १८ हजारदेखि २५ हजारसम्म प्याकेजको आधारमा रकम लिने गरेको जानकारी दिए ।
हालसम्म सो अस्पतालबाट २ सयभन्दा बढी कोभिड बिरामी उपचारबाट निको भई घर फर्केको जानकारी दिदैं उपचारको क्रममा हालसम्म १० जनाको मृत्यु भएको बताए । तीनवर्ष पूर्व जनकपुरधाममा स्थापना गरिएको काव्या अस्पताल जनकपुरधामकै सबैभन्दा सुविधा सम्पन्न अस्पताल रहेको दाबी गर्दै संचालक सिंहले अस्पतालले दिदैं आएको सुविधा बारे जानकारी दिए ।
यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कुमार कर्णले पत्रकारहरुलाई निशुल्क र विशेष सहुलियतमा उपचार सेवा दिनुपर्ने सुझावमा उनले शुरुदेखि नै चिनजानको आधारमा पत्रकारलाई विशेष सुविधा दिदैं आएको छु । तर प्रक्रियागत रुपमा सबै पत्रकारले निशुल्क र सहलियत सहितको चिकित्सकीय सेवाका लागि आफू तयार रहेको प्रतिबद्धता जनाउंदै सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !