जनकपुरधाम, जेठ २७ गते । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश २ सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ताका लागि २४ घण्टा समयावधि दिइएको छ ।
बिहीवार सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झा अहिराजले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ताका लागि २४ घण्टाको समयावधि दिएको हो ।
प्रदेश प्रमुख झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफलका लािग मुख्यमन्त्री लालबाबु राउतले टेबुल गरेका छन । मा प्रदेश सभा सदस्य शैलेन्द्र यादवले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव बहुमतले पारित भएको छ ।
सो नीति तथा कार्यक्रममा प्रदेश सभा सदस्य बच्चा राउत अहिरले समर्थन जनाएका थिए । प्रदेश सभाको आगामी बैठक जेठ २९ गते दिनको १ बजे बस्नेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !