जनकपुरधाम, जेठ २४ गते । मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल मन्त्री पदमा नरहेपनि मधेशी जनताकै लागि काम गरिरहने बताएका छन ।
साेमवार बिहान मन्त्री निवास छाेडने क्रममा पत्रकार संगकाे भेटघाटमा उनले आफ्नो ३ वर्षे कार्यकाल सफल रहेकाे दाबी गर्दै आफू मन्त्री नरहेपनि जनतासंग गरिएका वाचा पूरा गर्न सक्रय रहने प्रतिबद्धता जनाए ।
मन्त्रीहरुको निवास रहेको मधेश भवनबाट विदा हुनु अघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा गर्दै विदा भएका थिए ।

तीन वर्ष अलिशान जीवन बिताएका साेनलले आफ्नाे सामान सहित मात्र एउटा सुटकेश लिएर मधेश भवनबाट माेटरसाइकलबाट बाहिरिएका थिए ।
आइतवार सांझ पार्टी भित्रकाे आन्तरिक विवादका कारण अध्यक्ष ठाकुर समुहका मन्त्री साेनल सहित ३ राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए ।
जसपा भित्रकाे आन्तरिक किचिलाेका कारण अर्का अध्यक्ष यादव समुहले ठाकुर समुहका मन्त्रीहरू बर्खास्त गरि कांग्रेस, माओेवादी केन्द्र सम्मिलित सरकार पुनर्गठन लागेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !