जनकपुरधाम, जेठ २१ गते । रौतहटको गरुडा नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट दुई वडाध्यक्षको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नगरपालिका वडा नम्बर २ का वड़ाध्यक्ष विष्णु देव सहनी र वडा नम्बर ७ का वड़ाध्यक्ष रामेश्वरराय यादव रहेको जनाइएको छ ।
नगरपालिकाका उपप्रमुख रंगिलाकुमारी जैसवालले कोरोना पुष्टि भएपछि गत एक महिनादेखि काठमाडौ स्थित निजामति कर्मचारी भन्ने अस्पतालमा उपचाररत वडाध्यक्ष विष्णुदेव सहनीको मृत्यु भएको जानकारी दिएकी छिन ।
उनले भनिन यसअघि कोरोना संक्रमणबाटै जेठ ३ गते वडा नम्बर ७ का अध्यक्ष रामेश्वर राय यादवको पनि काठमाडौ स्थित ग्रिनसिटी होस्पीटलमा उपचारको मृत्यु भएको थियो ।
कोरोना पुष्टि भएपछि दुवै वडाअध्यक्षको स्थानीय अस्पतालमा उपचार सम्भव हुन नसक्दा थप उपचारका लागि काठमाडौ लगिएको थियो । तर स्वास्थ्य अवस्था जटिल भएको कारण बचाउन सकिएन उनले भनिन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !