Saturday, August 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : भोकमरीले ८ को मृत्यु, सरकारलाई वारुणयन्त्र र पोखरीको चिन्ता


प्रदेश २ : भोकमरीले ८ को मृत्यु,  सरकारलाई वारुणयन्त्र र पोखरीको चिन्ता

जनकपुरधाम, जेठ १४ गते । कोभिड १९ ले भोकमरी र उपचार आभावमा जनता मर्दै गएको अवस्थामा प्रदेश २ सरकार राहत उपलब्ध गराउनुको सट्टा वारुणयन्त्र र पोखरी सिगार्नमा व्यस्ट छन ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको क्रममा भोकमरीका कारण प्रदेशमा ८ जना र उपचार आभावमा दर्जनौको मृत्यु भइसकेको छ । तर प्रदेश सरकार जनतालाई राहत र उपचारका लागि अस्पताल, आक्सिजन, भेन्टीलेटर उपलब्ध गराउनुको सट्टा करोडौ करोड रुपैया वारुण यन्त्र र पोखरी सिगार्नमा खर्चिदै आएका छन ।

भोकमरीका कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ कुचाई टोल स्थित मुसहर वस्तीका ५ जना दलित र सिरहाको कर्जनहा नगरपालिका ५ खोला टोल स्थित मुसहर वस्तीका दुई दलित गरी तीन सहित ८ जनाको एक सप्ताहमा मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार धनुषाको कुचाई टोलमा ६० वर्षिया रामसति सदा, वर्ष ५५ की सुगिया सादा, वर्ष ६० की सिता देवी सहित दलित समुदायकै एक २१ वर्षिय युवक र ७० वर्षिय वृद्धको मृत्यु भएकोछ ।

कुचाईका स्थानीय शिक्षक मिनबहादुर तामाङले भने बिमारी भन्दा खान नपाएर भोकका कारण तिनीहरुको मृत्यु हुन गएको हो । मृत्यु हुने राम सति, सुगीया देवि र सिता देवि छिमेकी नै हुन । तिनीहरुमा सामान्य ज्वरो तथा रुघा लाग्ने जस्ता समस्या देखिएको थियो । तर कर्यौ दिनदेखि औषधि त के खान समेत नपाएर भोकले मरेको छ ।

सो टोलमा अधिकांश दलित समुदायका बसोबास छन । तिनीहरुको जिविकोपार्जन दैनिक मजदूरी हुन । लकडाउन भएपछि काम नपाएर भोकभोकै तिनीहरु घरमै बस्न बाध्य थिए । आर्थिक तंगीले खान नपाएरको अवस्थामा बिरामी पर्दा शारिरीक रुपमा झन सिथिल भई मृत्यु भएको हुन गएको बताइएको छ ।

सम्बन्धित निकाय नगरपालिकाका मेयर योगी पजियारले घटना बारे जानकारी नभएको भनी अनभिज्ञता प्रकट गरेका छन । उनले भने कुचाई टोल भोकमरी र उपचार आभावमा मृत्यु भएको जानकारी आफू कहाँ आएको छैन । उनले भने अहिले राहत वितरण गर्न सक्ने अवस्था छैन तर पनि हामीले सबै वडाध्यक्षलाई डाटा संकलन गर्न भनिसकेका छौं । डाटा आएपछि वितरण गर्नेछु ।

उता सिरहाको करजन्हा खोला टोलमा दलित समुदायका भिखारी सादा, जितन सादा र पहाडी समुदायका हिरालाल लामाको भोकमरी र औषधोपचार आभावमा मृत्यु भएको स्थानीय युवा समाजसेवी सिजेन्द्र सादाले बताएका छन । उनले भने एक साताको अन्तरालमा खोला टोलमा लकडाउनका कारण रोजगारी गुमेपछि कयौं दिनदेखि खान नपाएर र औषधि उपचार आभावमा एक पहाडी समुदायका व्यक्तिसहित ३ जनाको मृत्यु भएको छ भने रामप्रसाद सादा भन्ने व्यक्ति पनि कयौं दिनदेखि बिमार छन, त्यसको अवस्था पनि गम्भीर नै रहेका छ ।

उनका अनुसार सो वडामा करीब ८०/८५ घरधुरीका ३ सयभन्दा बढी मुसहर जातिका व्यक्तिहरु बसोबास गर्दै आएका छन । तिनीहरुको मुख्य पेशा दैनिक मजदूरी गर्ने हो । लकडाउन लागू भएपछि घरबाट बाहिर निस्किन नसक्दा भोकभोकै घरमा बस्न बाध्य छन । मुसहर वस्तीका अधिकांश व्यक्ति ज्वरो रुघाखोकीबाट ग्रसित छन ।

नगरपालिकाका वडा अध्यक्ष र मेयरलाई पटक पटक राहत तथा औषधि उपलब्ध गराई दिन आग्रह गर्दा पनि कुनै चासो नलिएपछि स्थानीय युवाहरुले केही रकम संकलन गरी सो दलित वस्तीमा केही औषधि, मास्क, सेनिटाइजर र राहत सामाग्री उपलब्ध गराएका छौं । घटना सम्बन्ध नगरपालिकाका मेयर गंगा पासवानले पनि आफ्नो नगरपालिकाको कुनैपनि वडामा भोकमरी वा उपचार आभावले मृत्यु भएको छैन । सामाजिक सञ्जालमा केही यस्ता कुरा आएको छ त्यो गलत हो ।

प्रदेश सरकारको बेतुका खर्च

यता प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानून मन्त्री ज्ञानेन्द्र यादव सहितका पदाधिकारीलाई पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । भोकमरीले जनता मर्दै गएको बारे कुनै तहको सरकारले चासो नलिएको कारण आउंदा दिनमा अवस्था झन भयावह हुन सक्ने सम्भावना बढदै गएको छ ।

भोकमरीले मर्दै गएको जनतालाई बचाउन राहत र अस्पताल तथा उपचार सामाग्री व्यवस्थापन गर्नुको सट्टा बिहीवार करी पांच करोड रुपैया खर्चेर ९ वटा वारुण यन्त्र किनेको छ । अहिले महामारीको अवस्थामा जनतालाई राहत र अस्पताल व्यवस्थापन नगरी वारुण यन्त्र बेतुका काम गरेको भनी सामाजिक सञ्जालमा निकै नै आलोचना भइरहेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयले कोरोना महामारी विकराल रुप लिइसकेको बेला स्वच्छता अभियानको नाममा पोखरी सिगार्नमा ६३ करोड मध्ये गत चैत महिनामा मात्रै १० करोडभन्दा बढी रकम खर्च गरिसकेका छन । समाजिक र उद्योग पर्यटन मन्त्रालय मठ मन्दिर सिगार्न र सांसदहरु सडक ढलान तथा दलान बनाउनमै व्यस्त छन ।

दोश्रो लहरको कोरोना संक्रमण महामारीको रुप लिइसकेको अवस्थामा प्रदेश सरकार कमीशन आउने योजना बाहेक अरु कुनै काम गरेको देखिदैन । कोरोना नियन्त्रणको नाममा हालसम्म मणिपालमा कोभिड अस्पताल निर्माण र केही अस्पतालमा भेन्टीलेटर जडान गरेका छ । अहिलेसम्म कुनै अस्पतालमा न त बेड थप्न सकेको न उपचार सामाग्रीकै व्यवस्थापन गर्न सकेको छ ।

उपचार आभावमा अहिलेसम्म प्रादेशिक अस्पताल सहित जिल्ला अस्पतालहरुमा दर्जनौ व्यक्ति ज्यान गुमाई सकेका छन । जनतालाई कोभिड बचाउन लकडाउन बाहेक मास्क सेनिटाइजर केही उपलब्ध गराउन नसक्दा प्रदेश सहित तीनवटै तहका सरकारप्रति जनता आक्रोशित छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ असार ८, मंगलवार १०:२९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ असार ८, मंगलवार १०:२९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ असार ८, मंगलवार १०:२९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ असार ८, मंगलवार १०:२९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ असार ८, मंगलवार १०:२९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ असार ८, मंगलवार १०:२९

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव