रविन्द्र साह, जेठ १३ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा धेरै पानी पर्न सक्ने सम्भावना रहेकोले हावाहुरी र बाढीबाट सतर्क रहन आग्रह गरेको छ ।
बिहीवार एक सूचना जारी जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि शनिवारसम्म जिल्लामा धेरै पानी पर्न सक्ने सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राद्यिरकरणबाट सूचना प्राप्त भएको सतर्क रहन आग्रह गरेको छ ।
पश्चिम बंगालखाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात, यास समुन्द्रबाट ठक्कर खाईसकेकोले त्यसको प्रभाव नेपालमा समेत पर्न गएकोमा यस जिल्लामा पनि बाढी, हावाहुरी हुन सक्ने भएकोले सतर्क रहन प्रजिअ इन्द्रदेव यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
स्थानीय प्रशासनले जिल्लावासीसँग बाढी र डुबान क्षेत्रमा नजाने, नदी र खोलामा माछा मार्ने लगायतका कार्य नगर्ने, बागमती, लालबकैया लगायतका खोला नजिक नजाने आग्रह गर्दै कुनैपनि विपतको आपतकालिन घटना भएमा तत्काल आपतकालिन संचालन केन्द्र, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिन सूचना मार्फत भनिएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !