विरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा अवधिमा नागरिकता वितरण भईरहेको भन्ने हल्ला निराधार रहेको दाबी गरेको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा अवधिमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरिरहेको सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा आएको कुरा गलत रहेको विज्ञप्ति मार्फत जनाएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्वारा जारी विज्ञपितमा भनिएको छ जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका आएका पोष्ट र समाचारहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
कोरोना संक्रमणलाई मध्यजनर गर्दै यसलाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न बैशाख १६ गतेदेखि नै पर्सा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको र हालसम्म पनि जारी नै रहेको अवस्थामा कार्यालयमा अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह स्थगित अवस्थामै राखिएको विज्ञप्तीमा भनिएको छ ।
अन्य सेवा जस्तै नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एवं नभएको प्रष्ट पार्दै सामाजिक सञ्जालमा भाइरल गरिएको भिडियो फुटेज पुरानो रहेको दाबी जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ ।
पुरानो भिडियो फुटेज राखि सामाजिक सञ्जालमा पोष्ट भएका र समाचारहरुमा नागरिकता सम्बन्धी आएको कुरा आधारहीन, असत्य र कपोलकल्पित रहेको जनाएको छ ।
स्मरणीय के छ भने एमाले नेता भीम रावलले भीडभाड गरि पर्साकाे विरगंजमा नागरिकता वितरण भन्ने पाेष्ट समाजिक संजालमा राखेकाे थियाे । केही युटुबमा समेत भिडियाे सहित निषेधाज्ञामा भारतियहरूलाई नागरिकता वितरण प्रायाेजित रूपमा सम्प्रेषण गरिएकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !