धनगढी, वैशाख ३१ गते । पछिल्लाे २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विभिन्न अस्पतालमा उपचाररत थप ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले जनाएकाे छ ।
निर्देशनालयका अनुसार १५ जना पीसीआर र १५ जना एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएका व्यक्तिको मृत्यु भएको छ ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका नौँ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा संक्रमितको संख्या २८ हजार चार सय नाघेको छ भने सात हजार ८ सय बढि संक्रिय संक्रमित मध्ये दुई सय ६८ जनाको प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !