जनकपुरधाम, वैशाख ३१ गते । काेराेना संक्रमणबाट एक वडाध्यक्षकाे मृत्यु भएकाे छ ।
मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यू भएको हाे ।
नगरपालिकाका मेयर अनिलकुमार यादवका अनुसार करीब २ साताअघि बिरामी भएका वडाध्यक्ष अस्पतालमा उपचार पश्चात् निकाे घर फर्केकाे थियाे पुनः बिरामी भएपछि उपचारकै क्रममा उनकाे मृत्यु हुन गएकाे जनाइएकाे छ ।

मेयर यादवका अनुसार वडा अध्यक्ष विनोद कुमार मण्डल ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएपछि गाउँमै औषधी सेवन गरी निको भएका थिए । तर निको भएको दुई दिनपछि उनी पुनः बिरामी परेपछि धनुषा अस्पतालमा भर्ना गरियाे ।
त्यहां पनि निको भई घर फर्केका थिए । त्यसको तीन दिनपछि उनलाई श्वासप्रश्वासमा समस्या आउनथालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसियू कक्षमा भर्ना गराइएको थियो । त्यहां पीसीआर चेक गर्दा बिहिवार संक्रमण पुष्टि भएकाे थियाे ।
संक्रमण पुष्टि भएकाे २४ घण्टा नबित्दै आज विहान वडा अध्यक्ष मण्डलको मृत्यू कोरोना संक्रमणकै कारण मृत्यू भएको मेयर यादवले बताए । वडा अध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !