वीरगंज, वैशाख २८ गते । पर्सा प्रहरीले वीरगंज महानगरपालिका ३१ बाट चाेरीकाे माेटरसाइकल सहित एक युवकलाई पक्राउ गरेकाे छ ।
महानगरपालिकाकाे वडा नम्बर ३१ भेडैयाखाेलाकाे पुलबाट सवारी चेकजांचकाे क्रममा चाेरीकाे माेटरसाइकल सहित बहुदरमाई नगरपालिका ४ का २३ वर्षिय नसिर अन्सारीलाई पक्राउ गरेकाे हाे ।
बीरगञ्ज महानगरपालिका ३१ वेल्वा बस्ने सुरेन्द्र यादवको ना.१९ प ४०२२ नम्बरको सेतो कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल घरबाट अन्सारीले चाेरेर लगिरहेकाे क्रममा मिलनचोक प्रहरी चाैकीबाट खटिएकाे टाेलीले सवारी चेकजांचकाे क्रममा पक्राउ गरिएकाे पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएकाे छ ।
निज अन्सारीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालतबाट सात दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !