जनकपुरधाम, बैशाख २८ गते । प्रदेश अन्तर्गतकाे काेराेना संक्रमितहरूका लागि प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।
पिसिसिएमसीले गरेकाे बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरु संग गरेकाे भर्चुअल छलफल पश्चात् थप भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएकाे हाे।

बढदै गएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन परिक्षणको दायरालाई बढाउन उक्त भिटिएम र रिएजेण्ट खरिदले थप मद्दत पुग्ने आइतवार जारी बैठकबाट विश्वास लिइएकाे छ ।
प्रदेशमा हुन सक्ने अक्सिजनको आभावलाई मध्य नजर गर्दै केन्द्र सरकार संग तत्काल ४ हजार अक्सीजन सिलिण्डर मांग गर्ने निर्णय समेत बैठकबाट गरेको छ ।
त्यस्तै होम आइसोलेशनमा बसेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरु संग समन्वय गर्ने र जिल्ला स्वास्थ्य कार्यालयकाेे समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय पनि गरिएकाे जनाइएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !