जनकपुरधाम, वैशाख २७ गते । पर्सा प्रहरीले ७० किलोभन्दा बढी भारी मात्रामा लागू औषध गाँजा बरामद गरेको छ ।
जिल्लाको बहुदरमाई नगरपालिका ९ विश्रामपुर बस्ने वर्ष ४५ को सोती कलवारको घरबाट लुकाई छिपाई राखिएको ७० किलो ४८० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रतिवन्धित लागू औषध गाँजाको कारोबार गर्ने गरेको भन्ने प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई सोती कलवारको घरमा छापामारी गर्दा निज मोटरसाइकल चढी फरार भएको र उनको घरबाट सुत्ने कोठाको खाटमुनि लुकाई राखिएको गाँजा प्रहरीले बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोती कलवारको घरबाट १६ वटामा राखिएको ७० किलो ४८० ग्राम गाँजा बरामद गरेको हो । निज सोती कलवार बिरूद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा आजै मुद्दा दर्ता गरी खोजतलाश सहित आवश्यक अनुसन्धान कार्य भईरहेको का प्रवक्ता कृषण प्रसाईले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !