जनकपुरधाम, वैशाख २६ गते । कोरोना भाइरसको हटस्पटको रुपमा रहेको प्रदेश २ को सुरक्षा निकायमा प्रहरी र थुनुवामा पनि तिव्र रुपमा संक्रमण बढदै गएको छ ।
आइतवारसम्म कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ प्रहरी र ५६ जना थुनुवा कोरोना संक्रमित भइसकेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएका छन ।
महोत्तरी बाहेक प्रदेशका ७ वटै जिल्लाका प्रहरी कर्मचारी संक्रमित भएका छन भने ती प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाहरु समेत संक्रमण तिव्र रुपमा फैलिरहेको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले दिएको जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी बारा जिल्लामा ६ जना प्रहरी कोरोना संक्रमित भएको छ । त्यस्तै, पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २ र सप्तरी, धनुषा तथा रौतहटमा १÷१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये पर्साका एक प्रहरी कर्मचारीको अक्सिजन लगाएर उपचार भइरहेको छ भने अन्य जिल्लाका संक्रमित प्रहरी र थुनुवाको अवस्था सामान्य रहेको छ र उनीहरुको सम्बन्धित कार्यालयकै आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
त्यस्तै, प्रदेशमा सबैभन्दा बढी पर्सा प्रहरी कार्यालयमा थुनुवा संक्रमण देखिएको छ । डिआईजी सिंहका अनुसार पर्सामा ३९ जना, रौतहटमा १०, धनुषामा ५ तथा महोत्तरी र सर्लाहीमा १/१ जना थुनुवा संक्रमित भएका छन भने सप्तरी र सिरहाका थुनुवामा संक्रमण देखा परेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !